दुई कम्पनीले गरायो लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा

१ कार्तिक २०८१, बिहीबार १५:४७

काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल फ्लेक्सी क्याप फण्डले आफ्ना इकाईधनीको बैंक खातामा नगद लाभांश जम्मा गर्न थालेका छन् । नबिल ब्यालेन्स्ड फन्ड–२ ले असोज २१ गते र नबिल फ्लेक्सी क्याप फन्डले असोज १६ गतेबाट इकाईधनीको खातामा नगद लभांश जम्मा गरिदिन थालेका हुन् ।

फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरूलाई खाता अद्यावधिक गराउन भनेको छ ।

यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछि मात्र लाभांश जम्मा हुने नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

नबिल ब्यालेन्स्ड फण्ड–२ र नबिल फ्लेक्सी क्याप फण्डले इकाईधनीहरूलाई गत वर्षको नाफाबाट करसहित क्रमशः ८ प्रतिशत र ५ प्रतिशत नगद लाभांश वितरण गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*