असोजमा आइएमई लाइफद्वारा २ करोडको बीमा दाबी भुक्तानी, झन्झटरहित सेवामा जोड

१ कार्तिक २०८१, बिहीबार १४:१६

काठमाडौं । आइएमई लाइफले असोज महिनामा ३४ वटा बीमा पोलिसी वापत २ करोड १४ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ।

कम्पनीले कन्भेन्सनल पोलिसीवापत ७४ लाख ८१ हजार रुपैयाँ, ट्रम पोलिसी वापत १२ लाख ९१ हजार रुपैयाँ र वैदेशिक रोजगार बीमावापत १ करोड २६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी वापत उक्त ३४ बीमितहरुलाई उक्त बीमा दाबी भुक्तानी दिएको हो ।

कम्पनीले झन्झटरहित सेवा प्रदान गर्ने हेतुले यो सुविधा ल्याएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*