राष्ट्र बैंकले १ सय अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै, आजै बोलकबोल

१ कार्तिक २०८१, बिहीबार १३:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न १ सय अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । केन्द्रिय बैंकले बिहीबार कात्तिक १ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् १ सय अर्ब रुपैयाँ तान्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रीय बैंकले १३ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति कात्तिक १४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*