बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली एक महिनामै पुनः संसोधन, कुन व्यवस्था भयो हेरफेर?

१ कार्तिक २०८१, बिहीबार १२:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ लाई एक महिनापछि पुनः संसोधन गरेको छ।

गत असोज २९ गते एक सूचना जारी गर्दै यससम्बन्धि केहि व्यवस्था परिमार्जन गरेको विनियमावली राष्ट्र बैंकले पुनः संसोधन गरेको हो ।

संसोधित व्यवस्थाअनुसार अधिकारप्राप्त निकायले बैंक बित्तिय संस्थालाई पत्राचार गरेर सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खाता सोझै रोक्का गर्न पाउनेछन। तर यसरी रोक्का राखिएको खाताको सम्पूर्ण विवरण सम्बन्धित बैक बित्तिय संस्थाले नेपाल राष्ट्र बैकलाई जानकारी गराउनुपर्ने हुन्छ ।

यस्तै अदालतको आदेश बमोजिम रोक्का रहेको खाता फुकुवा गर्नलाई राष्ट्र बैंकलाई सोध्न आवश्यक पर्नेछैन। तर राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने हुन्छ।

त्यस्तै भूलवश वा कुनै कसुर गरी कुनै ब्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खातामा रकम जम्मा गरिएको भन्ने बैंक बित्तिय संस्थालाई लिखित मौखिक जानकारी प्राप्त भएमा सम्बन्धित बैंकले सो को यकीन गरी अल्पकालीन अवधिको लागि त्यस्तो खाता रोक्का गर्न सक्नेछन् ।

त्यस्तै, प्रचलित कानून बमोजिम सेफ डिपोजिट भल्ट लकर सोझै रोक्का गर्ने व्यवस्था भएमा अख्तियारप्राप्त अधिकारीले कुनै ग्राहकको बैंक बित्तिय संस्थामा रहेको त्यस्तो सेफ डिपोजिट भल्ट लकर रोक्काका लागि बैंक बित्तिय संस्थालाई सोझै पत्राचार गर्न पाउने व्यवस्था थप गरिएको छ।

18-2081-Final-Khata-Rokka-Fukuwa-1st-Ammendment-Publish

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*