ऋणपत्र निष्काशनको माग राख्दै दुई बैंकले बोर्डमा दिए निवेदन

१ कार्तिक २०८१, बिहीबार ०९:५१

काडमाडौं । दुई वटा बैंकले ऋणपत्र निष्काशनको माग सहित नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एनआईसी एशिया बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन दिएका हुन् ।

एनआईसी एशिया बैंकले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन दिएको छ । बैंकले कुल कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणका लागि र ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्न माग राख्दै बोर्डमा निवेदन दिएको हो ।

यस बैंकले आगामी १० वर्षका लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो ।

त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० लाख कित्ता ऋणपत्र निष्काशन गर्न माग राख्दै बोर्डमा निवेदन दिएको हो । बैंकले कुल कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि र ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्न लागेको हो ।

यस बैंकले आगामी १० वर्षको लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*