फाइनान्स सेक्टरका लगानीकर्ता मालामाल, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

३० आश्विन २०८१, बुधबार १५:१७

काठमाडौँ । शेयर बजारमा कारोबार गर्ने फाइनान्स सेक्टरका लगानीकर्ताहरु मालामाल बन्दै गएका छन् । आजको कारोबारमा फाइनान्स उपसूचकका कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।

आज नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको । जसमा नेपाल फाइनान्सको १५ करोड नौ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १५ करोड चार लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको १४ करोड रुपैयाँ, गूडविल फाइनान्सको १३ करोड रुपैयाँ र एचआईडीसी कम्पनीको १३ करोड रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*