शेयर बजारमा छायो हरियाली, नेप्से परिसूचक ४३ अंकले बृद्धि, कारोबार ५ अर्ब

३० आश्विन २०८१, बुधबार १५:०८

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात बुधबार पनि शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा कारोबार भएका ३२० कम्पनीहरुको एक लाख ३२ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ ।

दशैँपछि शेयर बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । बुधबार सबै उपसूचकहरुमा हरियाली छाएको छ । आज २०६ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।

त्यस्तै, नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ भने विजय लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*