१७% नगद लाभांश पारित गर्न एनएमबि क्यापिटलले बोलायो साधारणसभा

३० आश्विन २०८१, बुधबार १२:१९

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले कात्तिक ३० गते १४औं वार्षिक साधारणसभा बोलाएको छ । क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसमा दिउँसो ४ बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवको लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

गत आवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि समावेश छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*