लेबनानमा रहेका नेपाली शान्ति सैनिक सबै सुरक्षित

३० आश्विन २०८१, बुधबार १०:२८

काठमाडौं । नेपाली सेनाले लेबनानमा तैनाथ राष्ट्रसंघको अन्तिम बल (युनिफिल) मिसनमा तैनाथ नेपाली शान्ति सैनिक (नेपब्याट) टोली सुरक्षित रहेको जनाएको छ ।

इजरायल र लेबनानी विद्रोही समूह हिजबुल्लाहबीच लेबनानमा लडाइँ भइरहेको छ । जहाँ इजरायल डिफेन्स फोर्सेसले दक्षिणी लेबनान प्रवेश गरेर हवाई र ट्याङ्क आक्रमण गर्दा युनिफिल मिसनमा तैनाथ ८ जना शान्ति सैनिक घाइते भएका छन् ।

नेपाली सेनाको जङगी अड्डाले दिएको जानकारी अनुसार हाल लेबनानमा युनिफिल अन्तर्गत नेपाली बटालियन (नेपब्याट)मा ८७७ जना नेपाली सैनिक छन् । जसमा आकस्मिक फोर्सतर्फ ८५० जना, स्टाफ अफिसरतर्फ २६ जना र १ जना डीएफसी गरेर कुल ८७७ जनाको नेपाली सैन्य फोर्स छ ।

नेपाली सेनाले शान्ति सैनिकमाथि भएको आक्रणबारे भत्र्सना गर्दै द्वन्द्वरत पक्षलाई शान्ति सैनिक र युनिफिलको उपस्थितिको सम्मान गर्न समेत अपिल गरेको छ । यस्तै, राष्ट्र संघमा आवद्ध विभिन्न मुलुकहरुले संयुक्त वक्तव्य जारी गरी शान्ति स्थापनार्थ खटिएका युनिफिलको सम्मान तथा आम नागरिकको जीवन रक्षामा सभाउन अपिल गर्दै अन्तर्राष्ट्रिय कानून, राष्ट्रसंघको बडापत्र र सुरक्षा परिषदमा पारित शान्ति प्रस्तावको सम्मान गर्न भनिएको छ ।

हाल इजरायल र गाजाको युद्ध चर्किदै लेबनान र इरानसम्म फैलिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*