प्रतिकित्ता ४३० रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा

३० आश्विन २०८१, बुधबार ०९:४२

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी प्रकाश चन्द्र खनालको नाममा रहेको २ हजार ९७७ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता ४३० रुपैयाँ तोकिएको छ । यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउछन् ।

शेयर किन्न इच्छुक संस्थापकले सम्बन्धित शेयरधनीसँग समन्वय गरी आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*