साउन महिनामा निर्जिवन बीमा शुल्क १० प्रतिशतले बढ्यो, करिब साढे दुई लाख पोलिसी बिक्री
१७ भाद्र २०७८, बिहीबार १५:०८
काठमाडौं । साउन महिनामा निर्जिवन बीमा कम्पनीहरुको कूल बीमा शुल्क आम्दानी १०.७४ प्रतिशतले बृद्धि भएको छ । बीमा समितिले आज सार्वजनिक गरेको विवरण अनुसार कूल कायम रहेको बीमा पोलिसी दुई लाख ४१ हजार ८३७ वटा पोलिसीमार्फत दुई अर्ब ९९ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन भएको हो ।
समितिको तथ्याङ्क अनुसार अघिल्लो आवको साउन महिनामा जम्मा दुई अर्ब ७० करोड रुपैयाँ कूल बीमा शुल्क संकलन भएकोमा चालु आवको पहिलो महिनामा २९ करोड रुपैयाँले बृद्धि भएको हो ।
गत साउन महिनासम्ममा निर्जिवन बीमा कम्पनीहरुको कूल चुक्ता पुँजि १९ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो आवमा १७ अर्ब ४० करोड रहेकोमा यस वर्ष ११.८४ प्रतिशतले बृद्धि भएको देखिएको छ ।