एलआइसी नेपालको ८८ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय
३० आश्विन २०८१, बुधबार ०९:११
एलआइसी नेपालले ८८।४५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र अपिको हकप्रद सेयर भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ः०।८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।