सिटिजन्स बैंकले घटायो ब्याजदर

३० आश्विन २०८१, बुधबार ०७:४५

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगतमा ५.७५ प्रतिशत, संस्थागतमा ४.५० प्रतिशत र रेमिट्यान्स खातामा ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । हाम्रो कर्णाली मुद्दती योजना र डिजिटल मुद्दतीमा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

अघिल्लो असोज महिनामा बैंकले मुद्दती निक्षेपमा व्यक्तिगतमा ६.१५ प्रतिशत, संस्थागतमा ५ प्रतिशत र रेमिट्यान्स खातामा ७.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । बैंकको आधार दर ८.२५ प्रतिशत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*