गुराँस लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न, लाभांशसहित सबै प्रस्ताव पारित

२९ आश्विन २०८१, मंगलवार १८:१४

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज असोज २९ गते सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष उदय नारायण बरालको अध्यक्षतामा बसेको उक्त सभा होटल कान्जिरोवा, धनकुटामा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट १४ दशमलव २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभाले बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि पारित गरेको छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको कम्पनीले जनाएको छ ।

आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि पारित गरेको छ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १६ गते बुक क्लोज गरिसकेको थियो । यसर्थ, असोज १५ गतेसम्म कायम सेयरधनीले लाभांशका साथै वार्षिक साधारण सभामा सहभागि भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*