देशको अर्थतन्त्र झनै बलियो बन्दै, ऐतिहासिक रेकर्ड कायम गर्दै विदेशी मुद्रा संचिती २१ खर्बमाथि

२९ आश्विन २०८१, मंगलवार १७:१२

काठमाडौं । चालु आवको दोस्रो महिनासम्मको तथ्याङ्कमा देशको आर्थिक अवस्था झनै बलियो बन्न पुगेको देखिएको छ । जनताले व्यवहारमा अनुभूति केही फरक गरेपनि नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार विदेशी मुद्रा संचितीमा ऐतिहासिक रेडर्क कायम गर्दै झण्डै साढे २१ खर्ब भन्दा माथि पुग्न सफल भएको छ ।

विदेशबाट आउने रेमिट्यान्स र पर्यटकहरुको आगमन बृद्धिका कारण विदेशी मुद्रा संचितीले नयाँ रेकर्ड कायम गर्न सफल भएको हो । गत भदौं मसान्तसम्ममा नेपालको ढुकुटीमा २१५२ अर्ब ५३ करोड रुपैयाँ बराबरको अमेरिकी डलर संचिती भएको छ । अमेरिकी डलरमा नेपालसँग १६ अर्ब चार करोड डलर संचिती रहेको छ । सो पैसा नेपाल राष्ट्र बैंकले विदेशी बैंकमा संचिती गरेको हो ।

उल्लेखित डलर संचितीबाट नेपाललाई १६.८ महिनालाई बस्तु आयात गर्न पर्याप्त हुनेछ भने १३.७ महिनालाई बस्तु तथा सेवा आयात गर्न पर्याप्त हुनेछ ।

गत असार मसान्तसम्ममा नेपालसँग २० खर्ब ४१ अर्ब रुपैयाँको अमेरिकी डलर संचिती रहेकोमा भदौं महिनाको अन्त्यसम्म आईपुग्दा ५.५ प्रतिशतले बृद्धि भएको छ । रेमिट्यान्समा आएको बृद्धि डलर संचितीमा रुपान्तरण भएको हो ।

यसैबीच, कच्चा तेलको मूल्यमा उच्च अंकले गिरावट आएपनि त्यसबाट नेपालले लाभ लिन नसकेको देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा २२.६ प्रतिशतले गिरावट आएको राष्ट्र बैंकको तथ्याङ्क छ । तर, नेपाल आयाल निगमले जनतालाई लुट्ने क्रम भने जारी नै रहेको छ ।

उता, सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३४ प्रतिशतले बृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*