२०५ कम्पनीको शेयरमूल्य बृद्धि, कुनको कति पुग्यो ?

२९ आश्विन २०८१, मंगलवार १५:२०

काठमाडौँ । दशैँपछिको पहिलो शेयर कारोबारमा कुल २०५ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६९९.६६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै फाइनान्स सेक्टरमा उत्साहपूर्ण कारोबार भएको छ । आज जानकी फाइनान्स र मिथिल्ला लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९.३१ प्रतिशत, समृद्धि फाइनान्सको शेयरमूल्य ६.८४ प्रतिशत र एनआइबिएल समृद्धि फण्ड २ को ६.७४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*