फाइनान्स सेक्टरमा उछाल, गूडविल र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता

२९ आश्विन २०८१, मंगलवार १५:१६

काठमाडौँ । दशैँपछिको पहिलो शेयर कारोबारमा उत्साहपूर्ण तरिकाले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६९९.६६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै गूडविल फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज १०७७ रुपैयाँले १८ करोड पाँच लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको ११ करोड २३ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १० करोड ९३ लाख रुपैयाँ, सीएचडिसी हाइड्रोपावरको १० करोड रुपैयाँ र एनआरएन बैंकको आठ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*