टेस्ला गाडीमा आगलागी, चार जनाको मृत्यु

२९ आश्विन २०८१, मंगलवार १२:४९

काठमाडौँ । एक टेस्ला गाडीमा आगलागी हुँदा ४ जनाको ज्यान गएको छ। फ्रान्सको निओर्ट सहर नजिक उक्त गाडी सडकको छेउको चिन्हमा ठोक्किएर आगलागी भएको हो ।

स्थानीय प्रहरीका प्रवक्ता, लेफ्टिनेन्ट एरिक होराओले दुर्घटनाका यकिन कारणहरू पत्ता लगाउन अनुसन्धान भइरहेको बताए। “सबै प्रमाणहरूले गाडी सडकबाट बाहिर गएको देखाउँछ,” उनले भने। उनले सडकमा देखिएका चिन्हहरू र सडक संकेतलाई काटिएको बताउँदै दुर्घटनाका कारणहरू जटिल भएको बताए।

उक्त दुर्घटनामा कुनै प्रत्यक्षदर्शी नरहेकोले अनुसन्धान थप जटिल भएको प्रहरीको भनाइ छ। गाडीमा सवार चालक र अन्य तीन जना यात्रुहरू आगोले डढेर चिन्नै नसक्ने अवस्थामा रहेको पनि प्रहरी अधिकारीले जनाए।

टेस्लाले यस घटनासम्बन्धी कुनै प्रतिक्रिया दिएको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*