बाढीपहिरोको क्षतिले बीमा कम्पनीमा पर्‍यो करिब चार अर्ब रुपैयाँको दावी, कुनले कसरी दिदैछन् भुक्तानी ?

‘शिखर इन्स्योरेन्सद्वारा ७८ लाख रुपैयाँको दावी भुक्तानी हस्तान्तरण ’
२९ आश्विन २०८१, मंगलवार १२:४२

काठमाडौं । बाढीपहिरोको कारण हाल नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीमा ७ अर्ब ४० करोड रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ ।  यो तथ्यांक असोज २२ गतेसम्मको हो ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल कम्पनीहरूमा प्राप्त विवरणबाट २ हजार ५७६ वटा दाबी पर्न सक्ने देखिएको छ । यो १४ वटा निर्जीवन बीमा र चार वटा लघुबीमाको विवरण हो ।

यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा एक एक अर्ब ९३ करोड रुपैयाँ बढीको दाबी पर्ने अनुमान छ । यो कम्पनीमा ४५० वटा दाबी पर्नसक्ने जनाइएको छ ।

विवरण अनुसार असोज २२ गतेसम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरुमा तीन अर्ब ८१ करोड रुपैयाँ बराबर एक हजार ३७४ वटा दावी परेका छन् । जसमा शिखर इन्स्योरेन्सले ६९ वटा दावी भुक्तानी वापत ७८ लाख २६ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ४५ करोड रुपैयाँ बढीको १६२ वटा दावी परेको छ । साथै, नेको इन्स्योरेन्समा ९६ करोड रुपैयाँको २५८ वटा दावी परेको छ ।

बाढीपहिरोको क्षतिले हिमालयन एभरेष्टमा ९४ करोड रुपैयाँ बराबरको २१२ वटा दावी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)मा ६५ करोड रुपैयाँको ३३९ वटा दावी पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

साथै नेशनल इन्स्योरेन्समा ३८ करोड रुपैयाँको ५० वटा दावी, नेपाल इन्स्योरेन्समा ३३ करोड रुपैयाँको १५८ वटा दावी, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा २० करोड रुपैयाँको २४८ वटा दावी पर्ने अनुमान गरिएको छ ।

एनएलजी इन्स्योरेन्समा १९ करोड रुपैयाँ बराबरको १३६ वटा दावी, सानिमा जिआइसी इन्स्योरेन्समा १७ करोड रुपैयाँको १७५ वटा दावी, युनाइटेड अजोड इन्स्योरेन्समा १० करोड रुपैयाँको २६० वटा दावी पर्ने अनुमान गरिएको छ ।

केही साता अघिदेखि परेको अविरल वर्षाको कारण देशभर ठूलो जनधनको क्षति भएको छ । क्षतिका कारण बीमा कम्पनीहरूमा परेको दाबीको विस्तृत विवरण छिटोभन्दा छिटो संकलन गरी सहज भुक्तानी गर्न प्राधिकरणले बीमकहरुलाई निर्देशन दिएको छ । त्यस्तै, कम्पनीहरूलाई साप्ताहिक रुपमा प्राधिकरणमा तथ्यांक पेश गर्न समेत प्राधिरकणले भनेको छ ।

बीमा प्राधिकरणले बाढीपहिरोबाट प्रभावित  बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधै फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*