दुई बीमा कम्पनी सहित १९ कम्पनीको साढे ५ अर्ब बढिको आईपीओ आउँदै, कुनको कति ?

१७ भाद्र २०७८, बिहीबार १४:०३

काठमाडौं । नेपाल धितोबार्डमा हालसम्म आइपीओ निष्काशनको अनुमति माग्ने कम्पनीहरुको सङख्या १९ पुगेको छ । बोर्डमा हालसम्म पाँच अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको आइपीओ पाईपलाईनमा रहेको छ । बोर्डले अनुमति दिएपछि १९ वटा कम्पनीले कुल साढे ५ अर्बको प्राथमिक शेयर सर्वसाधरणमा जारी हुनेछ ।

पाइपलाइनमा रहेका कम्पनीका सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन् । आइपीओ निष्काशनका लागि ११ जलविद्युत कम्पनी, दुई बीमा कम्पनी, चार माइक्रोफाइनान्स कम्पनी र दुई अन्यकम्पनीले आवेदन दिएका छन् ।

सबैभन्दा धेरै पाईापलाईनमा रहेको जलविद्युत कम्पनी भने आयोजना प्रभावित स्थानीय बासिन्दाको र सर्वसाधारण दुवैको लागि साधारण शेयर निष्काशन गर्ने भएका छन् ।आइपीओ निष्काशन गर्न लागेका १९ वटा कम्पनीमा पनि रिलायबल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् । रिलायबलले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासनको तयारीमा रहेको छ।

त्यस्तै, माइक्रोफाइनान्समा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था रहेको छ ।पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दा चर्चामा रहेको कम्पनी डिसहोम समेत रहेको छ । डिसहोम मिडिया नेटवर्कले सर्वसाधारणको लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशन गर्न लागेको हो।

आइपीओ निष्काश गर्न लागेका कम्पनीमा सबैभन्दा बढी सयपत्री हाईड्रोपावरले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता र सबैभन्दा कम ग्रिनभेन्चर कम्पनीले २ करोड ६६ लाख २५ रुपैयाँको २ लाख ६६ हजार २५० कित्ता साधारण सेयर निष्काशनको तयारीमा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*