लिवर्टी इनर्जीलाई बोर्डले दियो हकप्रद निष्काशन गर्ने अनुमति

२९ आश्विन २०८१, मंगलवार ११:१०

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १:०.५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो ।

कम्पनीले ७५ करोड रुपैयाँको हकप्रद निष्काशन गर्ने भएको छ । उक्त कार्यको लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

धितोपत्र बोर्डले यसअघि एनएलजी इन्स्योरेन्स र एलआइसी नेपाललाई पनि हकप्रद शेयर निष्काशनको अनुमति दिइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*