आजदेखि सबै सरकारी कार्यालय, शेयर बजार र बैंक बीमाहरु खुल्ने

२९ आश्विन २०८१, मंगलवार ०७:२३

काठमाडौं । दशैंको पाँच दिनको बिदा आजबाट सकिएको छ । आजदेखि सबै सरकारी कार्यालय, यातायात, मालपोत पालिकाका कार्यालय खुल्ला हुनेछन् ।

सबै सरकारी कार्यालयसँगै आजदेखि बैंक बीमा कम्पनीहरु पनि पूर्ण रुपमा खुल्ला हुनेछन् । त्यस्तै, शेयर बजार पनि आजैबाट खुल्नेछ ।
गत फूलपातीको अघिल्लोदिनदेखि बन्द भएका सरकारी कार्यालयहरु दशैंको पाँच दिनको बिदा सकाएर आजदेखि खुल्न लागेको हो ।

सरकारले यस वर्ष कोजागत पूर्णिमाको दिन बिदा दिएको छैन । सरकारी विदा अनुसार आजबाट दशैं पूर्ण रुपमा सकिएको छ । यद्यपि दशैं मनाउने क्रम भने जारी नै छ । पूर्णिमाको दिनसम्म आफन्तको घरमा गई मान्यजनबाट टीका र प्रसाद ग्रहण गर्ने प्रक्रिया चलि नै रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*