जीवन बीमामा अभिकर्ताको महत्व, कसरी छान्ने व्यवसायीक अभिकर्ता ?

२८ आश्विन २०८१, सोमबार ०९:०३

काठमाडौँ । बीमा अभिकर्ता भनेको बीमा कम्पनी र बीमितलाई जोड्ने पुल हो । अभिकर्ताले बीमा कम्पनीको तर्फबाट बीमितलाई बीमा योजनाहरूको बारेमा जानकारी दिई उपयुक्त बीमा योजना छनौट गराई बीमा गर्न हौसला प्रदान गर्छ । बीमा अभिकर्ताको प्रमुख जिम्मेवारी भनेको नै बीमितहरूको आवश्यकता अनुसारको उचित बीमा योजना खरीद गरी बीमा गर्न सहजीकरण गर्ने हो । साथै बीमितको दाबी प्रक्रियामा पनि सहयोग गर्नु अभिकर्ताको कर्तव्य हो ।

बीमा अभिकर्ताले फिल्डमा खटिई बीमितहरूको जोखिम व्यवस्थापन र वित्तीय सुरक्षामा सहयोग पुर्याउँछन् । बीमा ऐन, २०७९ अुनसार ‘बीमा अभिकर्ता भन्नाले बीमकको कर्मचारी बाहेक बीमकको तर्फबाट कमिसनको आधारमा काम गर्ने इजाजतपत्रप्राप्त बीमा मध्यस्थकर्ता व्यक्ति वा संस्था सम्झनु पर्छ ।’ समग्रमा भन्नुपर्दा बीमित र बीमा कम्पनीबीचको सम्पर्ककर्ता नै बीमा अभिकर्ता हो ।

बीमा कम्पनीहरूमा अभिकर्ताको महत्व धेरै नै हुन्छ । बीमा व्यवसाय सञ्चालन गर्नका लागि बजारमा छरिएर रहेका पूँजी बीमा पोलिसी बिक्रीमार्फत सङ्कलन गरी बीमा कम्पनी सहित देशकै अर्थतन्त्रमा अभिकर्ताहरूले प्रत्यक्ष रूपमा भूमिका खेलिरहेका हुन्छन् ।

नागरिकहरुलाई अझै पनि विभिन्न जीवन बीमा कम्पनीहरु र अभिकर्ता छान्न सकस भैरहेको छ । जीवन बीमा गर्नको लागि सञ्चालित सबै कम्पनीका विभिन्न पोलिसी र फरक–फरक बोनशदर रहेको छ ।

मानिसहरुले विभिन्न खाले पार्ट अभिकर्ताबाट बीमा गराउँदा पछि धेरै सास्ती भोग्नु परेका घटनाहरु पनि थुप्रै छन् । त्यसैले व्यवसायीक अभिकर्ताहरुलाई सग आवश्यक परामर्श लिएर बीमा गर्दा पछि कुनै पनि प्रकारका समस्याहरुबाट बच्न सकिन्छ ।

बीमा अभिकर्ताको महत्व यसप्रकार छन्–

१. बीमा योजना छनोटमा मद्दत
बीमा अभिकर्ताहरू बीमा बजारका विशेषज्ञ हुन् । उनीहरूसँग बीमा कम्पनीले प्रदान गर्ने सबै प्रकारका पोलिसीहरूको जानकारी हुन्छ । उनीहरूले बीमितको आवश्यकता, आर्थिक स्थिति आदिको लेखाजोखा गरी उपयुक्त बीमा योजना छनोट गर्नमा मद्दत गर्छन् ।

२. बीमा जनचेनाको वृद्धि
बीमितहरू फिल्डमा खटिँदै गर्दा बीमाको महत्व र फाइदाहरूको बारेमा जनचेतना फैलाउँछन् । अभिकर्ताको माध्यमबाट आम मानिसहरूले घरमै बसेर बीमाको महत्व र फाइदाको बारेमा जानकारी प्राप्त गर्न सक्छन् ।

३. बीमा प्रक्रियामा सरलता
बीमा प्रक्रिया जटिल छ यद्यपि अभिकर्ताहरूले यसलाई सरल र छिटो छरितो बनाउन मद्दत गर्छन् । आवश्यक कागजपत्रहरूको संकलन गर्ने, फाराम भर्ने लगायतका कार्यहरूमा सहयोग गर्छन् ।

४. बीमा दाबी प्रक्रियामा सहयोग
बीमा दाबी प्रक्रिया पनि जटिल छ । तर बीमा अभिकर्ताहरूले बीमा दाबी प्रक्रियामा आवश्यक कागजात संकलगन गर्न, कम्पनीसँग समन्वय गर्न र समयमै दाबी प्रक्रिया टुङ्ग्याउन सहयोग गर्छन् ।

५. जोखिम व्यवस्थापनमा सहयोग
बीमा अभिकर्ताहरू आम नागरिकको घरघरमा पुगि सम्भावित जोखिमको जानकारी दिँदै जोखिम बहनका लागि बीमा गर्न सहयोग गर्छन् । फलस्वरूप समग्र समाजकै जोखिम व्यवस्थापनमा महत्वपूर्ण टेवा पुग्न जान्छ ।

६. सुझाव तथा परामर्श
अभिकर्ताहरूले आम नागरिकको जोखिमको मूल्याङ्कन गरेर उनीहरूका लागि उपयुक्त हुने बीमा योजनाका बारेमा सुझाव तथा परापर्श दिन्छन् ।

७. बीमितसँग दीर्घकालीन सम्बन्ध
अभिकर्ताले आफ्नो बीमितको विश्वास जितेर उनीहरूसँग दीर्घाकालीन सम्बन्ध कायम गर्न सक्छन् । फलस्वरू बीमा कम्पनीहरूलाई निरन्तरता प्राप्त हुन्छ ।

अतः बीमा व्यवसायमा अभिकर्ताको महत्व तथा भूमिका अतुलनीय हुन्छ । अभिकर्ताले बीमितलाई शुरूवाती चरणदेखि दाबी भुक्तानी प्रक्रियासम्मको चरणमा मद्दत पुर्याउँछन् । अभिकर्ताले बीमा योजनाको नियम र सर्तहरू स्पष्ट पारि ग्राहकको विश्वास जितेर दीर्घकालीन सम्बन्ध राख्न मद्दछ पुर्याउँछन् । समग्रमा बीमा अभिकर्ताले बीमा व्यवसायको वृद्धि र ग्राहक सन्तुष्टिमा ठूलो भूमिका निर्वाह गर्छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*