यो बर्षको दशैंको टीका कसरी भयो उल्टो, पूर्व फर्केर टीका लगाउनु किन हुँदैन ?

२६ आश्विन २०८१, शनिबार ०८:३२

काठमाडौं । भिषण बाढीपहिरोपछि मनाउन लागिएको यस वर्षको दशैं अलि फरक शैलीबाट मनाउनु पर्ने भएको छ । ज्योतिषशास्त्रीहरुका अनुसार परम्पारगत शैलीमा पूर्व फर्केर टीका लगाउने शैली यस वर्ष मिल्ने छैन अर्थात विगतको तुलनामा यस वर्षको दशैंको टीका उल्टो परेको छ ।

ज्योषित पण्डित हरिबोल प्रसाद शर्माका अनुसार बिजया दशमीको टीकाको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाउने मानिस पश्चिम फर्कने र टीका थाप्ने व्यक्ति पूर्व फर्केर टीका कार्यक्रम सम्पन्न गर्नुपर्नेछ ।

हरेक कार्यका लागि चन्द्रमा दाहिने हुनुपर्ने मान्यता रहेको छ । सो अनुसार टीका थाप्ने व्यक्तिको चन्द्रमा पश्चिम फर्कदा बायाँतर्फ हुनेछ । सो आधारमा यस वर्षको टीका लगाउँदा उल्टो बसेर लगाउनुपर्नेछ ।

दशैंमा आशिर्वाद दिने मन्त्रः
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

 

महिलालाई आर्शिवाद दिँदा उच्चारण गरिने मन्त्रः

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*