लगातार ओरालो लाग्दै सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

१७ भाद्र २०७८, बिहीबार ११:३९

काठमाडौं । नेपाली बजारमा साताको सुरुको दुुइ दिन स्थिर रहेको सुन साताको पाचौं दिनसम्म आइपुग्दा निरन्तर ओरालो लागेको छ । आज बजारमा सुन प्रतितोला २ सयले रुपैयाँले घटेको हो ।

नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रुपैयाँ र तेजाबि सुनको मूल्य ९० हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

बुधबार पनि सुन २ सयले घटेर छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार र तेजाबि सुन ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, हिजो प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको चादी आज भने १० रुपैयाँले बढेर प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*