चाडपर्वमा बीमा गरौ, आफनो आम्दानी अनुसार कुन जीवन बीमा प्रडक्ट छनौट गर्ने ? यस्ता छन् उपायहरु

२६ आश्विन २०८१, शनिबार ०९:२२

काठमाडौं । चाडपर्व लागेसँगै हामीमा फर्जुल खर्च गर्ने प्रचलन बढ्दे नै रहेको छ।

दशैंमा केही रकम बचाउन सकिने अवसर पनि आएको हुन्छ । एकातिर कार्यालयबाट आएको दशैंको बोनस, अर्कोतिर टिका थाप्दा मान्यजनबाट पाएको दक्षिणाबाट बचेको रकमलाई के गर्ने भन्ने सोचमा त पक्कै पनि हुनुहुन्छ होला ।

यस्तो समस्यामा हुनुहुन्छ भने तपाईको लागि उत्तम विकल्प हुन सक्छ जीवन बीमा गर्न सक्नुहुन्छ । तर जीवन बीमा गर्ने भनेर मात्रै हुँदैन ।

आफ्नो आय क्षमता, दैनिक रुपमा आईपर्ने खर्चको संयोजन मिलाएर बीमा गरेमा मात्रै भविष्यमा नियमित बीमा शुल्क भुक्तानी गर्न सकिने गरी जीवन बीमा गर्नुपर्दछ ।दशैंमा हुने अतिरिक्त आयलाई बीमाको रुपमा उपयोग गर्न सकिने हुँदा यसबारे समेत हिसाब किताब गरेर बीमा गर्नुपर्दछ ।

अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने बीमाको महत्व छुट्टै रहेको छ । तर नेपालमा बीमाको पहु्ँच बढाउन नसकेको कारण अझै यस बिषयलाई अनिवार्य बनाउन सकेको छैन। विदेशतिर बच्चा जन्मने बित्तिकै अनिवार्य बीमा गर्नुपर्छ।
दशैंमा दक्षिणाका साथै केही उपहारहरु दिन्छन् । जुन उपहारहरु लामो समयसम्म सम्झन लायक होस् भनेर भन्न चाहन्छन् ।

दशै तिहार तथा चार्डमा आफन्तहरुले विभिन्न खालका सामान, कपडा तथा जिन्सी सामानहरु उपहार दिने गर्दछन् तर, त्यो सामानहरुको सट्टामा बीमा पोलसी उपहार दिने हो भने आज क्षणिकको लागि मात्र नभई जीवनभरलाई खुशी मिल्ने गर्दछ ।

दक्षिणाले बीमा गराए भविष्यमा पर्न सक्ने खतरालाई न्यूनिकरण गर्न सघाँउ पुग्छ भने भविष्यमा आईपर्ने गर्जो टार्न समेत मद्दत पुग्दछ ।तर जीवन बीमा गर्ने भनेर मात्रै हुँदैन ।

आफ्नो आय क्षमता, दैनिक रुपमा आईपर्ने खर्चको संयोजन मिलाएर बीमा गरेमा मात्रै भविष्यमा नियमित बीमा शुल्क भुक्तानी गर्न सकिने गरी जीवन बीमा गर्नुपर्दछ ।

दशैंमा हुने अतिरिक्त आयलाई बीमाको रुपमा उपयोग गर्न सकिने हुँदा यसबारे समेत हिसाब किताब गरेर बीमा गर्नुपर्दछ ।

अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने बीमाको महत्व छुट्टै रहेको छ । तर नेपालमा बीमाको पहु्ँच बढाउन नसकेको कारण अझै यस बिषयलाई अनिवार्य बनाउन सकेको छैन। विदेशतिर बच्चा जन्मने बित्तिकै अनिवार्य बीमा गर्नुपर्छ।

नेपालमा भने न्युन आय, जनचेतनाको कमी लगायत कारणले बीमाको संस्कृती अझै फैलिन नसकेको बीमा विज्ञ भोजराज शर्मा बताँउछन् ।

राष्ट्रिय पर्वहरुमा प्राप्त हुने आयको उपयोग गर्ने विषयमा बहस हुनुपर्नेमा त्यसो हुन नसकेको बीमा बिज्ञ शर्मा बताउँछन् । प्रतिव्यक्ति आयको आधारले पनि यसले फरक पार्न सक्ने बीमाबिज्ञ शर्माको भनाई छ ।

बीमा बचत पश्चात्को रकम जोर्गान गरेपश्चात् भविष्यको जोखिम न्यूनिकरणको एक पाटो हो भने नियमित बीमा शुल्क भुक्तानी गर्न सक्ने हुनु अर्को पाटो हो ।
व्यक्तिको आम्दानी कति छ, उसको खर्च त्यसपश्चात् बचतको बाटो खुल्ला हुने हो । यदि खर्च र बचत गर्न नै धौ–धौ छ भने बीमालाई उसले अवलम्बन गर्न सक्दैन त्यसैले बीमा गर्दा बीमितको आयस्रोतलाई समेत ध्यान दिनुपर्दछ ।

दशैंमा बीमा पोलिसी दिदाँ कसरी बीमा योजना चयन गर्ने?

बीमा गर्न उमेरले छेक्दैन। बच्चा जन्मेकै दिन उस्को बीमा गर्न सकिन्छ। घर परिवारको मध्ये एक जना संरक्षक रहेर बच्चाको बीमा गर्न सकिन्छ। ६५ वर्ष भन्दा माथिका बृद्धको भने जीवन बीमा गर्ने प्रावधान रहेको छैन ।

प्रत्येक जीवन बीमा कम्पनीहरुले आफनो बीमा पोलिसीको बारेमा विस्तृत जानकारी आफनो वेवसाईटमा राखेको हुन्छ । अर्भिकताले नै कुरेर बस्नुपर्ने स्थिति पनि छैन । अभिकर्तामार्फत वा सिधैं आफै बीमा कम्पनीको कार्यालयमा गएर समेत जीवन बीमा पोलिसी खरिद गर्न पाउनेछन्।

कम्पनीहरुले उमेर हद पनि तोकेको हुन्छ, प्रत्येक बीमालेखमा र रक्षारण हुने र नहुने कुरा पनि स्पष्ट रुपमा राखिदिएको हुन्छ । त्यसैले, आफूले छनोट गर्न लागेको बीमा पोलिसीको बारेमा गहन अध्ययन गर्नु जरुरी छ । जीवन बीमाले आर्थिक सुरक्षा, लगानी तथा बचतको अवसर दिनुका साथै पूजी निमार्ण, करमा छुट जस्ता महत्वपूर्ण फाईदाहरु प्रदान गर्छ ।

जीवन बीमामा आजिवन बीमा, सावधिक बीमा, म्यादी बीमा, एन्युटी बीमा रहेको हुन्छ ।नेपालमा जीवन बीमा गर्ने १४ वटा कम्पनी छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान र निजी क्षेत्रका १४ कम्पनीले यो सेवा प्रदान गर्छन्।

आर्थिक क्षमताको आधारमा बीमा पोलिसी उपहार दिनु

बीमा भविष्यमा भवितव्य आइपरेमा आर्थिक रूपमा स्थिर हुनका लागि गरिने प्रणाली हो । कम रकमको बीमा गरियो भने बीमा गर्नुको उद्देश्य पूरा हँुदैन । बढी रकमको बीमा गरियो भने आर्थिक क्षमताले नभ्याएर बीमाको किस्ता तिर्न हम्मे हम्मे पर्छ । तसर्थ बीमा छनोट गर्नुभन्दा पहिले बीमा लिन चाहने व्यक्तिले आफ्नो आर्थिक क्षमताको विश्लेषण गर्नुपर्छ ।

बीमा योजनाको छनोट कसरी गर्ने ?

बीमा बजारमा थरीथरीका बीमा पोलिसीहरु रहेका छन् । ती बीमाहरू आफूलाई आवश्यक परेको नगद उपलब्धताको आधारमा छनोट गर्न सकिन्छ ।

यदि कसैको आम्दानी निश्चित छैन भने अग्रीम भुक्तानी बीमालेख लिनु उपयुक्त हुन्छ । अग्रिम भुक्तानी बीमालेख भनेको बीमा परिपक्व हुनुभन्दा पहिले बीमा रकमको केही अंश बीमा कम्पनीले बीमितलाई फिर्ता गर्ने बीमा योजना हो ।

बजारमा बीमा रकमको केही अंश आवधिक रूपमा फिर्ता गर्नेदेखि वार्षिक फिर्ता गर्ने बीमालेखहरू छन् । २५ वर्षका व्यक्तिका लागि वार्षिक रूपमा रकम फिर्ता गर्ने २० वर्षे सात लाख बीमा अग्रिम भुक्तानी बीमालेखमा बीमा अवधि समाप्त नहुँदै बीमितको मृत्यु भएमा अग्रिम रूपमा भुक्तानी भएको रकम कट्टा नगरी पूरै बीमा रकम तथा आर्जित बोनस रकम भुक्तानी गरिन्छ । यसरीे कम लगानीमैं परिवारको आर्थिक स्थितिको बचाउ तथा उचित प्रतिफल प्राप्त गर्न सकिन्छ ।

कुनै व्यक्तिको आयस्रोत तथा बचत निश्चित छ, बीमाशुल्क भुक्तानी गर्न असहज हुँदैन भने सावधिक बीमा गर्न सकिन्छ । २५ वर्षको व्यक्तिले ३० वर्ष सम्म उमेर समूहको मानिस यस बीमा योजनामा सरिक हुन पाउछन् ।

बीमा कम्पनीले पनि बजारमा लगानी गरी बीमितलाई प्रतिफल दिने हो । कसैसँग लगानीको राम्रो अवसर छ भने त्यस्ता व्यक्तिहरूको लागि म्यादी बीमा उपयुक्त हुन्छ । म्यादी बीमा भनेको बीमा अवधिमा बीमितको मृत्यु भएमा मात्र बीमा रकम भुक्तानी गर्ने बीमा हो । त्यसैले यो निकै सस्तो हुन्छ ।

२५ वर्षको व्यक्तिले २० वर्ष उमेर समूहसम्मको मानिसहरु यस बीमा योजनामा सहभागी हुन पाउछन् । त्यस्ता व्यक्तिहरूले बीमाशुल्क तिरेर बाँकी रहेको बचत रकमलाई अन्य क्षेत्रमा लगानी गर्न सक्छन् ।

आफ्नो बृद्धावस्थामा केही सुरक्षण पाउने गरी पनि बीमा गर्न सकिन्छ । बजारमा प्रचलित सावधिक आजिवन बीमाले यो आवश्यकता पूरा गर्छ । बजारमा यस्ता बीमालेखहरू छन् जसले बीमा अवधि समाप्तिमा बीमा रकम तथा बोनस रकम भुक्तानी गर्छ भने बीमित जीवित रहेको अवस्थामा बीमितको उमेर ७० वर्ष, ७५ वर्ष, ८० वर्ष, ८५ वर्ष तथा ९० वर्ष पुग्दा बीमा रकमको २० प्रतिशतका दरले रकम भुक्तानी गर्दै जान्छ ।

कसैसँग एकमुष्ट ठूलो रकम छ र वार्षिक रूपमा बीमा नवीकरण गर्ने झण्झट लिन चाहँदैन भने त्यस्तो व्यक्तिका लागि एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरू उपयुक्त हुन्छ ।यसरी कुनै पनि बीमा लिन चाहने व्यक्तिले आफ्नो परिवारिक उत्तरदायित्व आधारमा आर्थिक क्षमताको विश्लेषण गरी आवश्यक नगद उपलब्धताअनुसारको जीवन बीमा छनोट गरी जीवन बीमा लिएर जीवन बीमाको सम्पूर्ण फाइदा लिन सक्छ ।

कम्पनीले वितरण गर्ने बोनसदर

जीवन बीमा कम्पनीहरूले विमितहरूलाई दिने प्रतिफल बोनसदर हो । कम्पनीहरूले वार्षिक प्रतिहजारका दरले बोनस वितरण गर्दछन् ।

कम्पनीहरूले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् । कम्पनीले आम्दानी गरेको बार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बिमीतहरूलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गरिन्छ ।

यस्तो बोनसदर कम्पनीहरूले आर्थिक बर्ष सकिएपछि वार्षिक रुपमा घोषणा गर्दछन् । त्यसैले जीवन बीमामा बोनस दर निकै महत्वपूर्ण मानिन्छ ।

कम्पनीहरूले बोनसदर प्रतिहजारका दरले वितरण गर्छन् । यसरी घोषणा गरिएको बोनस विमितको बीमा अवधि सकिएपछि एकमुष्ट रुपमा प्रदान गरिन्छ । कम्पनीको वित्तीय अवस्था र व्यवस्थापकीय अवस्थाका आधारमा बोनसदर निर्धारण हुन्छ ।

बोनसदरका आधारमा नै विमितले आफनो बीमा योजना समाप्त भएपछि पाउने रकम निर्धारण हुन्छ । धेरै बोनसदर भएका कम्पनीले विमितहरूलाई धेरै रकम फिर्ता गर्दछन् भने थोरै बोनसदर भएका कम्पनीले बीमितलाई थोरै रकम फिर्ता गर्दछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*