दशैंको दक्षिणाले जीवन बीमा गरौं, कुन कम्पनीमा गर्दा धेरै बोनस पाइन्छ ? (बोनसदर सहित)

रिना खत्री
२६ आश्विन २०८१, शनिबार ०६:००

काठमाडौं ।  जीवन बीमा कम्पनीहरूले व्यवसाय बढाउन थरिथरिका बीमा योजना ल्याएका छन् । कम्पनीहरूले सर्वसाधारणलाई बीमामा आकर्षित गर्न जीवन बीमा योजना ल्याएका हुन् । आकर्षक बानेस दरसहितका जीवन बीमा योजना सार्वजनिक गरिहेका छन् ।

पछिल्लो सामय नयाँ बीमा योजना ल्याएर जीवन बीमा गर्न प्रेरित गर्न तथा व्यवसाय बढाउन कम्पनी बीच प्रतिस्पर्धा नै चल्ने गरेको छ । एउटै बीमा कम्पनीले ग्राहक तान्न दर्जन बढी बीमा योजना ल्याएका छन् ।

दशैंतिहार तथा चाडपर्वको समयमा बीमा लेखको माग बढी हुने भएकाले कम्पनीहरूले सोही अनुसार विभिन्न प्रकारका योजना सार्वजनिक गर्ने गरेका छन् । पछिल्लो समय चाडपर्वमा कतिपयले आफन्तलाई दक्षिणा दिँदा बीमा पोलिसी दिने प्रचलन अचेल बढ्दो छ ।

दशैं, तिहार, पास्नी, जन्म लगायतका संस्कारहरूमा पनि आफन्तले बीमा पोलिसी उपहार दिने गरेको पाइन्छ । बीमा कम्पनीहरूले पनि मानिसको यही आवश्यकतालाई ध्यानमा राखेर बालबालिका, शिक्षा, स्वास्थ्य लगायतका लागि उपयोगि बीमा योजना ल्याएका छन् ।

यसले एकातिर मानिसलाई जीवन बीमाको दायरामा ल्याउँछ भने अर्कोतिर बीमा कम्पनीको व्यवसायमा पनि सकारात्मक योगदान पुर्याउँछ ।

दशैंको दक्षिणाले बीमा गर्ने सोच बनाउनु भएको छ भने हामीले बीमितहरुको सहजताको लागि कुन बीमा कम्पनीमा बीमा गर्दा धेरै बोनसदर पाईन्छ भन्ने विस्तृत जानकारी तयार गरेका छौंै । कम्पनीको बोनसदरको आधारमा बीमा कम्पनीहरुमा बीमितले बीमा पोलिसी लिन सक्नुहुनेछ ।

कुन कम्पनीको बोनसदर कति छ ?

हाल नेपालमा संचालनमा रहेका १४ मध्ये १३ कम्पनीले बोनसदर निर्धारण गरेका छन् । यस्ता छन् बोनसदर सम्बन्धी जानकारीः

१ नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले यो बर्षको बोनसदर घोषणा गरिसकेकोछ । कम्पनीले न्यूनतम ५० रुपैयाँदेखि ८५ रुपैयाँ सम्म बोनसदर निर्धारण गरेको छ।

कम्पनीले सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) मा ० देखि १० वर्षका लागि, ११ देखि १५ वर्षका लागि ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिका लागि ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ८२ रुपैयाँ र ३० वर्ष वा सोभन्दा बढी अवधिका लागि ८२ रुपैयाँ निर्धारण गरेको छ ।

२ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीः

नेशनल लाइफ इन्स्योरेन्स कमपनीले पनि आफ्ना बीमितलाई प्रदान गर्ने बोनस दर तोकेको छ । कम्पनीले न्युतम ६३ देखि ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

कम्पनीले सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिसम्म,१० देखि १४ वर्ष अवधिसम्म, १५ देखि २० वर्ष अवधिको लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको लागि प्रति हजार ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि पनि कम्पनीले ८५ रुपैयाँ बोनसदर दिने तोकिदिएको छ।

३) एलआइसी नेपाल:

एलआइसी नेपालले न्युनतम ३२ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दर निर्धारण गरिदिएको छ।

एलआइसी नेपाल लाइफले सावाधिक ३३३, जीवन बीधा ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजनामा ५ देखि ९ वर्षका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि प्रतिहजार ५५ रुपैयाँ र २५ देखि माथि अवधिका लागि प्रतिहजार ६१ रुपैयाँ बोनसदर निर्धारण गरेकोछ ।

४) सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीः
सिटिजन लाइफ इन्स्योरेन्सले पनि न्युनतम २५ देखि बोनसदर निर्धारण गरेको छ।अधिकतममा भने कम्पनीले ७७ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको हो ।

सावधिक (रेगुलर)जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४२ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ बोनसदर दिने भएको छ । ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७३ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

५) सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीः
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।
कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ५० रुपैयाँ,२५ वर्ष वा सोभन्दा बढी अवधिका लागि प्रतिहजार ५० रुपैयाँ कायम भएको छ ।

६) रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीः
रिलयावल नेपाल लाइफले न्युनतम २० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर निधारण गरेको छ।

रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर तोकिएको छ।

७) सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीः

सानिमा रिलायन्सले न्युनतम १९ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा ० वर्षदेखि ९ वर्षको लागि र १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। सावधिक जीवन बीमा योजना –एकल) मा ० वर्षदेखि ९ वर्षसम््रमको लागि र १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

त्रिपल सावधिक बीमा योजनामा १० वर्षदेखि १४ वर्षसम््रमको लागि र १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण तोकिदिएको छ।

८) साविकको प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीः

साविकका प्रभु लाइफ र महलाक्ष्मी लाइफले छुट्टा छुट्टै बोनसदर घोषणा गरेको छ।

साविकको प्रभु लाइफले न्युनतम २० रुपैयाँदेखि ७० रुपैयाँसम्म र महालक्ष्मी लाइफले भने न्युनतम ३२ रुपैयाँदेखि अधितम ५५ रुपैयाँसम्म बोनस दर तोकेको छ ।
सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्ष,१० देखि १४ वर्ष अवधिका ३३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५१ र २५ वा सोभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर तोकेको छ ।

९) मेट लाइफ इन्स्योरेन्स कम्पनीः

मेट लाइफ इन्स्योरेन्स कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ।

कम्पनीले सावधिक जीवन बीमालेख मा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ निर्धारण गरेको छ । १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

१० ) सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीः

सूर्यज्योति लाइफले न्युनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ।

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै किसिमका जीवन बीमालेखहरूमा चालु आवका लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

११) राष्ट्रिय जीवन बीमा

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले चालु आवका लागि प्रतिवर्ष प्रतिहजार बीमाङ्कमा ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ ।

सोही बीमालेखको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले भदौ १७ गते स्वीकृत गरेपछि कम्पनीले बोनसदर सार्वजनिक गरेको हो ।कम्पनीको बोनसदर बीमाङ्कीय मूल्याङ्कनका आधारमा परिवर्तनशील रहने जनाएको छ ।

१२) आइएमई लाइफ इन्स्योरेन्स कम्पनीः
आइएमई लाइफः आइएमई लाइफले आफ्ना बीमितलाई विभिन्न बीमालेखमा न्युनतम २२ रुपैयाँ बोनसदर निर्धारण गरेकोछ ।
कम्पनीले अधिकतम भने ८० रुपैयाँसम्म बोनसदर प्रदान गर्ने भएको तोकेको छ।

१३) एशियन लाइफ इन्स्योरेन्स कम्पनीः
एशियन लाइफ इन्स्योरन्स कम्पनीले न्युनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६१ रुपैयाँ निर्धारण गरेको छ ।

१५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, बोनसदर कायम गरेकोे छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ कायम गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*