टाटा पञ्च ईभी र बीवाईडी डल्फिन : नेपाली बजारमा विद्युतीय गाडीहरूको उत्कृष्ट विकल्प

टाटा पञ्च ईभी बन्यो ग्राहकको पहिलो रोजाइ
२७ आश्विन २०८१, आईतवार १३:४६

काठमाडौँ । नेपालमा विद्युतीय गाडी (ईभी) को लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ, जसको प्रमुख कारण वातावरणमैत्री प्रविधि, इन्धनको लागतमा बचत र सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न ल्याएका नीतिहरू हुन् । बढ्दो इन्धनको मूल्य, प्रदूषण नियन्त्रणको आवश्यकतालाई मध्यनजर गर्दै र दीर्घकालीन फाइदाहरूका कारण उपभोक्ताहरूले विद्युतीय गाडीप्रति आकर्षण देखाइरहेका छन् ।

विशेषगरी, टाटा मोटर्सको टाटा पञ्च ईभी र बीवाईडी डल्फिन जस्ता विद्युतीय गाडीहरू नेपाली बजारमा अत्यधिक रुचाइएका छन् । यी गाडीहरूका आधुनिक डिजाइन, लामो ब्याट्री रेञ्ज र सस्तो सञ्चालन खर्चले उपभोक्ताहरूको ध्यान खिचिरहेको छ । टाटा पञ्च ईभीको किफायती मूल्य र बीवाईडी डल्फिनको उच्च प्रविधियुक्त सुविधा र प्रदर्शनका कारण नेपाली बजारमा यी गाडीहरू लोकप्रियता हासिल गर्न सफल भएका छन् ।

देशभरमा विद्युतीय गाडीहरूका लागि चार्जिङ स्टेशनहरू स्थापना हुँदै गइरहेकाले ईभी प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको छ । यी कारणहरूले गर्दा नेपालमा विद्युतीय गाडीको बजारमा तीव्र वृद्धि देखिएको हो, जसले भविष्यमा अझ ठूलो वृद्धिको संकेत गरेको छ ।

टाटा पञ्च ईभीले त नेपाली बजार नै तताएको छ । यस गाडिमा नेपाली गा्रहक झुम्मिएका छन् । सस्तो मूल्य र आकर्षक फिचरका कारण यसको देशभर लोकप्रियता बढ्दै गएको छ । अहिले हरेका ग्राहकको पहिलो रोजाईमा टाटा पञ्च ईभी पर्ने गरेको छ ।

१.टाटा पञ्च ईभीः
टाटा पञ्च ईभी नेपालको विद्युतीय गाडी बजारमा सर्वाधिक बिक्री हुने गाडीहरू मध्ये एक हो । यसको लोकप्रियता मुख्यतः यसको प्रतिस्पर्धात्मक मूल्य, मजबुत डिजाइन र राम्रो प्रदर्शनका कारण हो ।यो गाडी टाटाको अल्फा–आर्क प्लेटफर्ममा आधारित छ, जसले गर्दा यो गाडीमा उच्चतम स्तरको मजबुती र सुरक्षाको प्रत्याभूति दिन् छ। पञ्च ईभीलाई नेपालमा सिप्रदी ट्रेडिंगले नेपाली बजारमा ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरेको छ ।

 

प्रमुख विशेषताहरूः
– ब्याट्री प्याकः पञ्च ईभीमा २५ किलोवाट र ३५ किलोवाटका दुई भिन्न ब्याट्री प्याकहरू छन् । यसले क्रमशः २७० देखि २९० किलोमिटरको रेञ्ज प्रदान गर्न सक्छ ।
– ग्राउन्ड क्लियरेन्सः यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमी रहेको छ, जसले यो गाडीलाई नेपालको फरक भू–बनोटमा सजिलै हिँड्न योग्य बनाउँछ।

– चार्जिङ समयः पञ्च ईभीलाई डीसी फास्ट चार्जरको प्रयोग गरेर छिट्टै चार्ज गर्न सकिन्छ।

– वारेन्टीः गाडीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिइएको छ।

– अन्य सुविधाहरूः यसमा ९० डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस र थप १४ लिटरको फ्रंट बुट स्पेस दिइएको छ ।

टाटा पञ्च ईभीको यो संयोजनले गाडीलाई किफायती, सुविधाजनक र नेपालमा विद्युतीय गाडीहरूको प्रमुख रोजाइको रूपमा स्थापित गराएको छ ।

२. बीवाईडी डल्फिनः

दोस्रो तर्फ, बीवाईडी डल्फिन पनि नेपालको विद्युतीय गाडी बजारमा ग्राहकहरूको ध्यानाकर्षण गरेको छ । साइमेक्स इन्कले नेपालका लागि यस गाडीलाई आधिकारिक रुपमा वितरक गरी रहेको छ । बीवाईडी डल्फिनले ३९ लाख ८० हजार रुपैयाँमा बिक्री सुरु गरेको छ, जुन पञ्च ईभी भन्दा थोरै महँगो छ, तर यसका विभिन्न सुविधाहरूले यसको मूल्यलाई न्याय गर्छन् ।

प्रमुख विशेषताहरूः
– ब्याट्रीः डल्फिनमा ७० किलोवाट क्षमताको ब्याट्री राखिएको छ, जसले एक पटक चार्ज गर्दा ३४० किलोमिटर सम्मको रेञ्ज दिन्छ । यसको ब्लेड ब्याट्री प्रविधिले सुरक्षालाई प्राथमिकता दिएको छ ।
– डाइमेन्सनः यो गाडीको लम्बाइ ४२९० एमएम, चौडाइ १७७० एमएम, र उचाइ १५७० एमएम छ। साथै, यसको ह्विलबेस २७७० एमएम रहेको छ, जसले यसलाई आरामदायक र स्थिर यात्रा प्रदान गर्न मद्दत गर्छ ।
–चार्जिङ समयः डल्फिनलाई ५० मिनेटमै शून्यदेखि ६० प्रतिशत चार्ज गर्न सकिन्छ।
– वारेन्टीः बीवाईडी डल्फिनले पनि ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी प्रदान गर्दछ ।
–अन्य सुविधाहरूः यसमा १२.८ इन्चको एडप्टिभ रोटेटिभ मल्टिमिडिया कारप्याड, ३६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम र टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस) जस्ता अत्याधुनिक सुविधा रहेको छ ।

३. प्रदर्शन र तुलनाः
प्रदर्शनको कुरा गर्दा, बीवाईडी डल्फिनको ब्याट्री क्षमताले यसलाई पञ्च ईभी भन्दा अगाडि राख्न सक्छ, किनभने डल्फिनले एक पटकको चार्जमा अधिकतम ३४० किलोमिटर रेञ्ज दिन्छ भने पञ्च ईभीले २९० किलोमिटर सम्मको रेञ्ज दिन सक्छ । बीवाईडी डल्फिनमा ब्लेड ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले ब्याट्रीको दीर्घायु र सुरक्षालाई सुनिश्चित गर्दछ ।

मूल्य र प्रतिस्पर्धाः
टाटा पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार छ भने बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार छ। बीवाईडी डल्फिन थोरै महँगो भए पनि यसको रेञ्ज र अत्याधुनिक प्रविधिहरूले यसलाई थप आकर्षक बनाउँछ । नेपाली उपभोक्ताहरूले बढी सस्तो र किफायती विकल्प चाहिँदा टाटा पञ्च ईभीको बिक्री बढी भएको देखिन्छ ।

४.सुरक्षा र सुविधाः
सुरक्षाको हिसाबले दुबै गाडी उत्कृष्ट छन् । पञ्च ईभीले ९० डिग्रीको कोणमा खुल्ने ढोका र डिस्क ब्रेकको सुविधा दिएको छ भने बीवाईडी डल्फिनले ३६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम र टायर प्रेसर मनिटरिङ सिस्टमको सुविधा दिँदै सुरक्षामा अग्रसरता लिएको छ।

टाटा पञ्च ईभी र बीवाईडी डल्फिन दुबै गाडीहरूले नेपाली बजारमा आ–आफ्नो स्थान बनाइसकेका छन्। मूल्य, सुविधा, र प्रदर्शनका आधारमा ग्राहकहरूको आवश्यकता र प्राथमिकतामा निर्भर गर्दै यी दुबै गाडी नेपाली विद्युतीय गाडी बजारमा उत्कृष्ट विकल्प हुन्। टाटा पञ्च ईभी किफायती मूल्यको कारणले सर्वाधिक बिक्री भएको छ ।

कुन उपयुक्त छ त ?
यी दुई गाडि नेपाली ग्राहकलाई अति उपयुक्त छन् । जसमा टाटा पञ्च ईभी अझै गुणस्तरीय र उपयुक्त गाडि छ । पछिल्लो समय यसको माग निकै बढ्दै गएको छ । टाटाका अनुसार पछिल्लो समय ग्राहकहरुको उच्च मागले गर्दा डेलभर गर्ने सकस परि रहेको छ । यसले नेपाली बजारमा आफ्नो छुट्नै पहिचान बनाउन सफल भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*