सांग्रिला डेभलपमेन्ट बैेंकको २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

१७ भाद्र २०७८, बिहीबार ११:३३

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकका विद्यमान संस्थापक शेयर मधु सुदन शर्माले आफ्नो नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीका लागि आवेदन दिएपछि संचालक समितिले बिक्रि प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छु्क संस्थापक शेयरधनी वा अन्य व्यक्ति तथा संघ संस्थाले सूचना प्रकाशित भएको ३५ दिन भित्र के कति कित्ता खरिद गर्न चाहेको होे सम्पूर्ण विवरण खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंममा आवेदन दिन सकिने छ ।

साथै तोकिएको अवधि भित्र कुुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*