बालबालिकालाई दशैंको दक्षिणा बीमा पोलिसी दिने सोंच विकसित गर्नुपर्छः निर्देशक ढु्ंगेल (भिडियोसहित)

२५ आश्विन २०८१, शुक्रबार १५:२९

काठमाडौं । ‘दशैं भन्ने बित्तिकै मलाई मात्रै हैन, सबैलाई बाल्यकाल याद आँउछ । हाम्रो पालामा दशैं भन्ने वित्तिकै नयाँ लुगा लगाउने, मिठो खाने भन्ने हुन्थ्यो,’ नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल भन्छिन्, ‘अहिले नयाँ लुगा लगाउन र मीठो खान दशैं नै कुर्नु अवस्था छैन । त्यहि भएर दशैं भन्ने बित्तिकै पुरानो यादहरु स्मरण हुन्छ ।’

बाल्यकालमा दक्षिणाको ठूलो महत्व हुन्थ्यो, हामीलाई । बाल्यकालको अनुभव सुनाउँदै निर्देशक ढुंगेल भन्छिन्, ‘हाम्रो बुबा आमाले दशैंमा कसरी नयाँ लुगा किन्ने व्यवस्था गर्नुभएको थियो, कसरी खर्च पुराउनु भएको छ भन्ने भन्दा पनि टिका लगाउन मान्यजनकोमा जाँदा दक्षिणा कति आँउछ भन्ने विषयकै खुल्दुली हुन्थ्यो ।’

अहिले त्यो परिवेश फेरिएको छ । उनी भन्छिन्, ‘यो पल्ट म परिवारसँगै दशैं मनाउदैछु । एक वर्षदेखि नभेटेको मान्यजनहरुसँग भेट्ने, रमाइलो गर्ने, आशिर्वाद लिने परिपाटी अझै पनि स्थिर छ । यो पर्व सबैलाई जुटाउने पर्व हो, जस्तो मलाई लाग्छ ।’

बाढी पहिरोको कारण यो पल्ट कतिपय परिवारले दुःखको सामना गर्नु परेको छ । नेपालको भौगेलिक परिवेशको अवस्थाको कारण आउने यस्तो जोखिमहरुबाट पनि नेपालीहरुले बीमा गनुपर्छ भन्ने पाठ अझै सिक्न नसकेको निर्देशक ढुंगेल गुनासो गर्छिन् ।

बीमालाई प्राथमिकतामा राखेर जोखिम न्यूनिकरणको पाटो बीमालाई राखेको भए ठूलो मात्रामा भएको क्षतीमा केही राहत मिल्ने उनको बुझाई छ । विपदले गर्ने आर्थिक क्षतीलाई बीमाले धेरै ठूलो मद्दत गर्ने थियो ।

अझै पनि ढिला भएको छैन, उनी भन्छिन्, ‘सक्नुहुन्छ भने आफनो सम्पत्ति र घरको बीमा गर्न अनुरोध गर्दछु ।’ उनी अगाडि भन्छिन्, ‘दशैंमा बालबालिकालाई दक्षिणा बैंकमा जम्मा गनुपर्छ भन्ने कन्सेप्ट सिकाइसकिएको छ । तर, दक्षिणा स्वरुप बीमा पोलिसी दिनुपर्छ भन्ने सोंच विकसित हुन जरुरी छ ।’ दशैंमा जम्मा भएको दक्षिणाले बीमा गरेर बालबालिकाको भविष्य सुरक्षण गर्न समेत उनी सुझाव दिन्छिन् ।

हेरौँ, निर्देशक ढुंगेलको भिडियो सन्देशः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*