दशैंको आशिर्वाद दिँदा बीमा नछुटाऔँः जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल (भिडियोसहित)

२४ आश्विन २०८१, बिहीबार १६:५६

काठमाडौं । दशैंको सबैका आ-आफ्ना अनुभव छन् । जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल बाल्यकालको दशैं अति रमाइलो हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘हामी सप्तमीदेखि नै दशैंको प्लान बनाउथ्यौं । दशैंदेखि नै हामी तिहारको देउँसी भैलीको तयारी गथ्र्यौँ ।’

अहिले परम्परागत दशैं भएको हो कि भन्ने गुनासो गर्छन्, उनी । पहिले दशैंमा रंगरमाइलो गर्ने, सबै परिवारका सदस्य मिलेर खाना पकाउने र किनमेल गर्न जाने परम्परा अर्थात् संस्कार हटेको जस्तो अनुभव आफुले गरेको उनी बताउँछन् ।

परिवारका सबै सदस्य एक ठाउँ भेला भई सँगैबस्ने, खाने, पिउने, खेल्ने, रमाइलो गर्ने पर्वको रुपमा दशैं, तिहारलाई लिने गरिन्छ । सामान्य नागरिक, बीमाकर्मी, उद्योगी, व्यवसायीदेखि राजनीतिज्ञ समेत सबैको चासो र चर्चाको चाड हो, दशैं ।

पौडेल आफूभन्दा ठूला एवं गन्य मान्य व्यक्तिबाट पाउने आशिर्वाद, गाँउमा हुने रमाइलोलाई उत्साहको रुपमा लिन पाउँदा अधिक खुसीको अनुभूति हुने सुनाउँछन् । दशैं भन्नेबित्तिकै राम्रो पक्षको अनुशरण र राम्रो परिवेश शेयर गर्दै अघि बढ्ने अवसर पनि हो । दशैंको आशिर्वाद सँगसँगै बीमा छ भनी शुभकामना दिन पौडेलले तीन लाख बीमाअभिकर्ताहरुलाई सुझाव दिएका छन् ।

हेरौँ, भिडियो शुभकामना सन्देशः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*