दशैं बिदामा पनि बैंक खुला हुने, कुन बैंकको कुन शाखाले दिदैछन् सेवा ?

२४ आश्विन २०८१, बिहीबार १०:१३

काठमाडौं । दसैं विदा सुरु हुँदैछ । तर, बैंक तथा वित्तीय संस्थाहरुले दसैं विदामा पनि आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् ।उनीहरुले आफ्नो निश्चित काउन्टर निश्चित समयको लागि खुला राखेर सेवा ग्राहीलाई सुबिधा दिन लागेका हुन् । हेरौं, कुन बैंकको कुन शाखा कहिले खुला हुनेछ :

फुलपाती
कोशी प्रदेशका विर्तामोड, कन्चनबारीको शाखा खुला हुनेछन् । मधेश प्रदेशका कार्यालय जनकपुर, शिवचोक, ढल्केवर, राजविराज, लाहान, जलेश्वरको शाखा खुल्नेछ । बाग्मती प्रदेश कार्यालय सिन्धुली, गठ्ठाघर, सातदोबाटो, बत्तीसपुतली, जोरपाटी खुला हुनेछन् । त्यस्तै, विरेन्द्रनगरको शाखा कान्तिराजपथ र नारायणगढ शाखा खुल्ला हुनेछ ।
गण्डकी प्रदेशका शाखा चिप्लेढुङ्गा, राजहर, गोरखा, कुश्माका शाखा कार्यालय खुल्ला हुनेछ । लम्बिनी प्रदेशका खस्यौली, भैरहवा, बर्दघाटका शाखा खुल्नेछन् । त्यस्तै, दाङको त्रिमार्ग, नारायणपुर, न्यूरोड, नेपालगंज र गुलरीया शाखा खुला हुनेछ । जुम्ला, धनगढी, महेन्द्रनगर र झलारी शाखा खुल्ला हुनेछ । त्यस्तै, कर्पोरेट शाखा रामशाहपथ काठमाडौं खुला हुनेछ ।

महाअष्टमी

यसदिन कृषि विकास बैंकको धरान, विराटनगर, शिवचोक, ढल्केवर, राजविराज, लाहान र जलेश्वर शाखा खुला हुनेछ । चावहिल, सल्लाघारी, मंगलबजार, कालिमाटी, पोखरा र बाग्लुङ शाखा खुला हुनेछ । साथै, बुटवल, सिद्धार्थनगर, घोराही, तुलसीपुर, धम्बोझी, कोहलपुर शाखा खुला हुनेछ । त्यस्तै, धनगढी क्याम्पसरोड, महेन्द्रनगर र झलारी शाखा खुला रहनेछन् । त्यस्तै, कर्पोरेट शाखा रामशाहपथ काठमाडौं खुला हुनेछ ।

द्धादशी

यसदिन विराटनगर भद्रपुर, रामानन्दचोक, राजविराज, कलयाणपुर, गोलबजार, बर्दीबास शाखा कार्यालयहरु खुला हुनेछन् । नवलपुर, विरगंज, चन्द्रनिगाहपुर, गठ्ठाघर, लगनखेल तथा स्वयम्भु शाखाहरु खुला हुनेछन् । त्यस्तै, हेटौंडा, भरतपुर, बगर, कावासोती, खस्यौली, शैरहवा, जितपुर, त्रिमार्ग, लमही, नारायणपुर, न्यूरोड नेपालगंज र गुलरीया शाखा खुला हुनेछन् । साथै, जुम्ला, धनगढी क्यापसरोड, महेन्द्रनगर, झलारी शाखाहरु खुला रहनेछन् । बैंकले यी दिन बिहान १० बजेदेखि अपरान्ह १ ः ३० बजेसम्म बैंकिङ कारोबार संचालन हुने जानकारी दिएको छ ।

प्रभु बैंक

प्रभु बैंकको उपत्यकाभित्र केन्द्रीय कार्यालय बबरमहल, कमलादी, ललितपुर र भक्तापुर शाखा कार्यालयहरु असोज २४, २५, २७ र २८ गते खुला रहनेछन् । त्यस्तै, उपत्यका बाहिर विराटनगर, इटहरी, जनकपुर, विरगंज, पोखरा, नेपालगंज, भैरहवा र धनगढी शाखा कार्यालयहरु असोज २४, २५, २७ र २८ गते खुला रहनेछन् । यी सबै कार्यालयहरु बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

यस बैंकले असोज २४ गते बौद्ध, बुटवल, बिरगंज, नारायणघाट, नेपालगंज र पोखरा शाखाबाट सेवा प्रदान गर्नेछ । यस्तै, असोज २५ गतेका दिन नयाँ बानेश्वर, बिराटनगर र धरान शाखाबाट सेवा दिने बैंकले जनाएको छ । साथै, असोज २७ गतेका दिन न्यूरोड काठमाडौं र पोखरा शाखा र असोज २८ गतेका दिन ललितपुर, बिराटनगर र पोखरा शाखाबाट सेवा दिने बैंकले जनाएको छ । यसदिन बैंकले बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ ।

सानिमा बैंक

यस बैंकको असोज २४ गते कलंकी, कुमारीपाटी, गोंगबु, गौशाला, नक्साल, नयाँ बानेश्वर, सूर्यविनायक, इनरुवा, इलाम, कञ्चनबारी, गाईघाट, दमक, धरान, बेलबारी, माई, जनकपुर, वीरगंज, लहान, हरिवन, पाँचखाल, हेटौंडा, विरौटा, घोराही, नेपालगंज, बुटवल, वीरेन्द्रनगर, टिकापुर, धनगढी र महेन्द्रनगर शाखा खुला रहने छ । त्यस्तै, असोज २५ गते काठमाडौंको नक्साल शाखा मात्रै खुला हुने बैंकले जनाएको छ ।

साथै, असोज २७ गते एकान्तकुना, चुच्चेपाटी, थिमी, न्यूरोड, नक्साल, पुतलीसडक, महाराजगंज, इटहरी, खाँदबारी, गाईघाट, धरान, बिराटनगर, विर्तामोड, कलैया, मिर्चैया, लालबन्दी, धादिङबेसी, नायायणगढ, बनेपा, पोखरा, नेपालगंज, तुलसीपुर, सिद्धर्थनगर, विरेन्द्रनगर र महेन्द्रनगरको शाखा कार्यालयहरु खुला रहनेछन् ।

त्यस्तै, असोज २८ गते, कान्तिपथ, गठ्ठाघर, जोरपाटी, नक्साल, नयाँबजार, बलम्बु, सातदोबाटो, इनरुवा, इटहरी, उदयपुरगढी, खाँदबारी, बिराटनगर, ताप्लेजुङ, दमक, म्याङ्लुङ्ग, बेलबारी, विर्तामोड, चन्द्रपुर, बर्दिबास, वीरगंज, राजविराज, नौबिसे, भण्डारा, अमरसिंह, घोराही, नेपालगंज, बुटवल, वीरेन्द्रनगर, अमरगढी र धनगढीको शाखाहरु खुला रहने बैंकले जनाएको छ । यी शाखाहरु बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक

असोज २४ गते खुला हुने शाखा

यस बैंकको असोज २४ गते झुम्का, धुलाबारी, काँकडभित्ता, विराटचोक, ट्राफिक चोक, कञ्चनबारी, धरान, इनरुवा, जनकपुर, वीरगंज, चन्द्रपुर, राजविराज, रुपानी, लहानको शाखा खुला रहनेछन् । उपत्यकाको कान्तिपथ, कुलेश्वर, क्षेत्रपाटी, डिल्लीबजार, त्रिपुरेश्वर, अनामनगर, शंखमुल, कमलादी, चावहिल, नक्साल, गोंगबु, सिनामंगल, बालाजु, ज्ञानेश्वर, तिनकुने, लगनखेल, सातदोबाटो, काँडाघारी शाखा खुला रहनेछन् ।

त्यस्तै, बनेपा, इताछें, नारायणगढ, टाँडी, बेलचोक हेटौंडा, बैंकरोड, न्यूरोड पोखरा, सभागृह चोक, बेगनास, चिप्लेढुंगा, लगनखेल, लेकसाइड, बुढीबजार, बिरौटा, पामे बगर, पावरहाउस, बेसीशहर, कावासोती, दमौलीका शाखा पनि खुला हुनेछन् । त्यस्तै, अर्घाखाँची, पुप्पलाल चोक, नेपालगंज, कोहलपुर, गुलरिया, घोराही, लमही, तम्घास, वामी, पिपरा, तौलिहवा, बर्दघाट, तानसेन, लिवाङ, बुटवल, भैरहवा, खैरेनी, जुम्ला, रुकुम, सुर्खेत, दोगडा केदार, डडेलधुरा, अजयमेरु, लम्की र बलिया शाखा खुला रहने बैंकले जनाएको छ ।

असोज २५ गते खुला हुने शाखा

यसदिन चाराली, दमक, तीनपैनी, इटहरी, धरान, गाईघाट, जनकपुर, न्यूरोड, धापासी, ठमेल, मध्यबानेश्वर, पानीपोखरी, कोटेश्वर, चावहिल, कलंकी, जावलाखेल, भरतपुर शाखा खुला हुनेछन् । त्यस्तै, बाग्लुङ, अमरसिंहचोक, पुष्पलाल चोक, नेपालगंज, घोराही बि, देबिनगर, महेन्द्रनगर, धनगढी शाखा खुला रहने बैंकले जनाएको छ ।

असोज २६ गते खुला हुने शाखा

यसदिन विराटनगर, जनकपुर, गोलबजार, कान्तिपथ, सूर्यविनायक, न्यूरोड पोखरा, बुटवल, सुर्खेत बि र क्याम्पसचोक धनगढी शाखा खुला रहनेछ ।

असोज २७ गते खुला हुने शाखा

यसदिन यो बैंकको बिर्तामोड, ट्राफिक चोक, जनकपुर, गौर, लालबन्दी, न्यूरोड, सानो गौचरण, हात्तीगौंडा, कुपोण्डोल, नेपालगंज, तुलसीपुर, भैरहवा, बुटवल र क्यापसचोक घनगढीको शाखा खुला रहनेछ ।

असोज २७ गते खुला हुने शाखा

यसदिन धुलाबारी, तीनपैनी, जनकपुर, वीरगंज, राजविराज, लहान, कमलादी, गोंगवु, सुकेधारा, शहिदचोक, पर्सा, हेटौंडा, सभागृह चोक पोखरा, चिप्लेढुंगा, त्रिभुवन चोक, घोराही, मिलनचोक, भैरहवा, अत्तरिया र टिकापुर शाखाहरु खुला रहनेछन् ।
टिकाको दिन बाहेक अरुदिन यी शाखाहरु बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् भने टिकाको दिन भने दिउँसो १ बजेदेखि ३ बजेसम्म खुला हुने बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंक

यस बैंकको असोज २४ गते बिर्तामोड, चावहिल, दरबारमार्ग, लाजिम्पाट, वनेपा, पेप्सीकोला, नारायणगढ, हेटौंडा, नयाँ बजार पोखरा, दमौली, भैरहवा, बर्दघाट, पाल्पा, नेपालगंज र धनगढी शाखा खुला रहने बैंकले जनाएको छ ।

असोज २५ गते विराटनगर, इटहरी, कञ्चनरुप, विरगंज, खुसिबु, ठिमी, न्यूरोड पोखरा, लुम्बिनी, परासी र मनिग्राम शाखा खुला रहनेछन् । असोज २७ गते राजविराज, जनकपुर बत्तिसपुतली, बुढानिलकण्ठ, बुटवल र राजपुर शाखा खुला हुनेछन् । त्यस्तै, असोज २८ गते, सिराह, आदर्शनगर, ठमेल, पाटन, अमरसिंह, शैरहवा, अत्तिरीया र नेपालगंज शाखा खुला रहनेछन् । यी सबै शाखाहरु बिहान १० बजेदेखि दिउँसो २ बजेको बीचमा खुला हुने बैंकले जानकारी दिएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक

असोज २४ गते फुलपातीका दिन पोखरा, नेपालगंज, खजुरा, गुलरिया, सुर्खेत, घोराही, नारायणगढ, बुटवल, वीरगंज, धनगढी, अनामनगर, कुमारीपाटी र विराटनगरको शाखा खुला रहनेछन् । त्यस्तै, असोज २५ गते महाअष्टमीका दिन भद्रकाली, पोखरा, नेपालगंज, खजुरा, गुलरिया, सुर्खेत, घोराही, टाँडी, जीतपुर, अत्तरिया, बालुवाटार, इमाडोल र इटहरी शाखा खुला रहने बैंकले जनाएको छ ।

साथै, असोज २७ गते विरौटा, नेपालगंज, खजुरा, गुलरिया, सुर्खेत, घोराही, हेटौंडा, न्यूरोड र ठिमी शाखा खुला रहनेछ । असोज २८ गते जिरोकीमी पोखरा, नेपालगंज, खजुरा, गुलरिया, सुर्खेत, घोराही, हाकिमचोक, कमलविनायक र असनको शाखा खुला रहने बैंकले जनाएको छ ।

यीदिन बैंकले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बैंकिङ सेवा दिने जनाएको छ । साथै दसैं काउन्टर अवधिभर प्रत्येक खाताबाट एक दिनमा ५० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने छ भने २ लाख रुपैयाँ जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*