२०६१ भदौं १६, करोडौंको सम्पत्ति विनासको कालो इतिहास, अझै हुन सकेको छैन नतिजामुखी सम्पत्ति बीमा

समाचार विश्लेषण
१६ भाद्र २०७८, बुधबार २३:५५

काठमाडौं । २०६१ साल भदौं १६ को घट्ना नेपालको इतिहासमा सम्पत्ति विनासको कोणबाट कालो इतिहासको रुपमा लिन सकिन्छ । इराकमा १२ जना नेपालीहरुको अपहरणपछि क्रूरता किसिमले हत्या गरेको विरोधमा नेपालमा रहेका बैदेशिक रोजगार व्यवसायसँग सम्बन्धित, मुश्लिम धर्मसँग सम्बन्ध रहेको मस्जिद, सञ्चार माध्यम, एयरलाइन्सको कार्यालय समेतमा तोडफोड तथा आजगनी गरियो ।

काठमाडौंमा मुश्लिम मूलका जोसुकै व्यक्तिहरु कुटिए अनि कैयौं घाइते भए । प्रहरीको बल प्रयोगबाट कैयौं घाइते भए भने दुई जनाको दंगा नियन्त्रणको क्रममा ज्यान गयो । अर्बौ रुपैयाँको क्षति पुगेको भदौ १६ गतेको घटनालाई बैदेशिक रोजगार व्यवसायी संघले कालो दिवसको रुपमा मनाउँदै आएको छ ।

१९ अगस्टका दिन दलालमार्फत इराक पुर्याइएका १२ जना नेपाली अपहरणमा परेका थिए । उनीहरु मुनलाईट नाम गरेको एक संस्थाका दलाल प्रलाद गिरीमार्फत त्यहाँ पुगेका थिए । अपहरणमा परेको लामो समयसम्म पनि सम्पर्क स्थापित गर्न कतार र साउदी अरेबियामा रहेको राजदूताबासहरुले प्रयास गरिरहेका थिए ।

१२ जना नेपालीको अवस्था अज्ञात नै थियो । सोही क्रममा २०६१ साल भदौं १५ गते १२ जना नेपालीको घोप्टो पारेर सुनाइएको अवस्थामा गोली हानी गरेको भिडियो उक्त जातीय समुहले सार्वजनिक गर्यो । इराकी सुन्नी समुहको हातमा पुगेका उनीहरुको क्रूरतापूर्वक हत्या गरेको भिडियो समेत सार्वजनिक भएको भोलिपल्ट भदौं १६ गते विहानैदेखि स्वतःस्फूर्त रुपमा उठेको समुहहरुले राजधानी काठमाडौंमा रहेका ६०० भन्दा बढि म्यानपावर, कतार एयरवेज, साउदी एयरवेज, पाकिस्तान एयरवेजको काठमाडौंस्थित कार्यालय, घण्टाघरमा रहेको मस्जिदसहितका थुप्रै धार्मिक संघ संस्थामाथि तोडफोड र आगजनि भयो । कैयौं घरहरुमा आगो लगाइयो भने स्थिति राज्यको नियन्त्रणभन्दा बाहिर गयो । स्पेश टाईम्स दैनिक, कान्तिपुर दैनिक र टेलिभिजन तथा च्यानल नेपालको कार्यालयमा भिषण आक्रमण गरियो ।

सयौं घर तथा कार्यालयक सम्पत्ति सडकमा ल्याएर आगजनी गरिएको सो घटनाको बीमा ठूलै परेको थियो । सरकारले समेत केही गर्न नसकेको भदौं १६ को घटना जस्तै घटना कुनै पनि हुन तथा घट्न सक्दछ । नेपाल जस्तो देशमा अहिले एक घण्टापछि के हुँदैछ अहिले नै भन्न सक्ने अवस्था छ । राजनीतिक रुपमा तरलता अवस्थाबाट बगिरहेको सन्दर्र्भमा धमिलो पानीमा माछा समुह तथा जनतामा उत्पन्न भएको आक्रोसको ज्वालाको परिणाम थियो भदौं १६ को घटना ।

आगामी दिनमा पनि भदौं १६ को जस्तै घटना नहोला भनेर भन्न सकिन्न । अर्बौ रुपैयाँको सम्पत्ति १२ घण्टामा जलेर खरानीमा परिणत भएको १७ वर्ष पुरानो घटनाबाट पाठ सिक्दै आम जनताले आफ्ना हरेक सम्पत्तिको बीमा गर्न ढिलाई गर्नु हुँदैन । निर्जिवन बीमामा पनि सम्पत्ति बीमाको महत्व कति छ भन्ने कुरा स्पेशटाईम्स दैनिक भदौं १६ गते विहानको अन्तिम अंक प्रकाशित भई सदाको लागि बन्द हुन पुग्यो । शायद उक्त पत्रिकाले आफ्नो सम्पत्ति र कार्यालय मात्रै बीमा गराएको भएमा आज उसको अस्तित्व इतिहासमा मात्रै सीमित हुने थिएन ।

अर्बौ रुपैयाँको सम्पत्ति बिनास भएको घटना उक्त मात्रै होइन, भारतीय कलाकार ऋतिक रोशनले दिएको अभिव्यक्तिसँगै राजधानी काठमाडौंमा फैलिएको दंगा फसादमा पनि करोडौंको क्षति भएको थियो । समय समयमा हुने यस्ता दंगा फसादमा अर्बौ रुपैयाँको भौतिक सम्पत्ति क्षति हुने सम्भावनाहरु रही नै रहन्छ । तर, प्रभावकारी जनचेतना, आम जनतामा बीचको प्रचार नपुग्दा अझै पनि सम्पत्ति बीमाको नतिजामुखी विकास हुन र पुर्याउन सकिएको छैन । नियामक निकाय, सरोकारवालाहरुले अब त्यसतर्फ ध्यान दिने समय आएको हो कि ? -तस्विर: एपी र विभिन्न वेभसाईटबाट

 

One thought on “२०६१ भदौं १६, करोडौंको सम्पत्ति विनासको कालो इतिहास, अझै हुन सकेको छैन नतिजामुखी सम्पत्ति बीमा

  1. बिबेक says:

    “मुश्लिम धर्मसँग सम्बन्ध रहेको चर्च”, कृपया सच्याउनुहोला

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*