सानिमा बैंकद्वारा ५ प्रतिशत लाभांश घोषणा

२३ आश्विन २०८१, बुधबार १०:०६

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको संचित मुनाफाबाट शेयरधनीहरूलाई कर समेत गरी ५.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरूमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*