नेशनल लघुवित्तको ३९ हजार कित्ता शेयर बिक्रीमा
२३ आश्विन २०८१, बुधबार ०९:३१
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ७ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३९ हजार ८११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
यस शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउछन् । सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।
उक्त अवधिभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।