युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते अन्तिम दिन हो । युनिलिभरले असोज २८ गते र सिटिजन्स बैंकले २९ गते बुक क्लोज गर्दैछन् । असोज २४ देखि २८ गतेसम्म सार्वजनिक बिदा परेकाले आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।
युनिलिभर नेपालले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई कर सहित प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । सोका लागि कात्तिक १२ गते नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजेदेखि सभा बोलाएको छ ।
त्यस्तै सिटिजन्स बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरूलाई ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यसका लागि बैंकले कात्तिक १२ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ९ बजेदेखि सभा बोलाएको छ ।