राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न पाउने संख्या बढायो, कतिपटक रकम जम्मा गर्न पाईन्छ ?

२२ आश्विन २०८१, मंगलवार १९:५४

काठमाडौं । राष्ट्र बैंकले दसैं, तिहार र छठ पर्वको नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्न पाउने संख्या बढाएको छ।

यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकामा राष्ट्र बैंकले दसैंका अवसरमा यो संख्या ३० पुर्याएको छ ।

सीमा बढाउने निर्णय दसैं, तिहार र छठ पर्वका हकमा मात्र भएको राष्ट्र बैंकले बताएको छ। राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई गरेको परिपत्र अनुसार असोज २१ देखि कात्तिक १२ कात्तिक १५ देखि २२ सम्म वालेटमा एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने जनाएको छ।

यो समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम नियमितरुपमा आफूलाई जानकारी दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*