एनएलजी इन्स्योरेन्स र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?

२२ आश्विन २०८१, मंगलवार १५:१५

काठमाडौं । शेयर बजारमा दशैँ अघि लगानीकर्ताहरुलाई निराश बनाएको छ । केही दिन यता लयमा बढी रहेको शेयर बजारमा आज भारी गिरावट आएको छ ।

मंगलबारको कारोबार एनएलजी इन्स्योरेन्सको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज कम्पनीको २७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, नेपाल फाइनान्सको २३ करोड ९७ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १३ करोड ७६ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १२ करोड ८६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २७ अंकले घटेर २६५८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*