दशैअघि लगानीकर्ता निराश, नेप्सेमा ३२ अंको गिरावट, कारोबार चार अर्बमा सीमित

२२ आश्विन २०८१, मंगलवार १५:०७

काठमाडौं । शेयर बजारमा दशैँ अघि लगानीकर्ताहरुलाई निराश बनाएको छ । केही दिन यता लयमा बढी रहेको शेयर बजारमा आज भारी गिरावट आएको छ ।

साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव २७ अंकले घटेर २६५८ दशमलव ४४ को बिन्दुमा कायम भएको छ ।

मंगलबार ३० वटा कम्पनीहरुको एक करोड कित्ता शेयर खरिद–बिक्री हुदाँ चार अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको छ । जसमा २०७ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ ।

शेयर बजार घटेसँगै सबै इन्डेक्सहरु राताम्मे बनेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*