घट्दै दुर्गा प्रसाईंका अभियन्ता, ८ जनालाई कर्तव्यज्यान मुद्दा

२२ आश्विन २०८१, मंगलवार ०९:३९

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रक जलाउने आठ समर्थक (अभियन्ता)लाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाहीअघि बढाएको छ ।

ट्रक जलाउँदा घाइते भएका एक चालकको मृत्यु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का ८ जनालाई कर्तव्य ज्यान मुद्दामा कारबाही चलाएको हो ।

झापाको हल्दीबारी-१ का ४० वर्षीय भीम तुम्बापो लिम्बु, हल्दिबारी-१, का २४ वर्षीय विवश लिम्बु, हल्दिबारी १ कै ५१ वर्षीय विरबहादुर गुरुङ, विर्तामोड ७ का ३३ वर्षीय सुरेश चौधरी, विर्तामोड ३ का ३५ वर्षीय उदय लिम्बु, बुद्धशान्ति गाउँपालिका ४ का बलिहाङ माबो लिम्बु, मेचीनगर नगरपालिका-६ का ३४ वर्षीय राजेश महत र अर्जुनधारा नगरपालिका -९ का ३८ वर्षीय रुद्र भुजेललाई कर्तव्य ज्यान मुद्दामा कारबाहीअघि बढाएको झापा प्रहरीले जनाएको छ ।
असोज ६ गते राति साढे १० बजे झापाको कनकाई नगरपालिका-८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा भारतीय नम्बर प्लेट भएको ट्रक र असोज ७ गते बिहान साढे २ बजेतिर बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा भारतीय मालवाहक ट्रकमा प्रसाईंका समर्थकले आगजनी गरेका थिए ।

गिरीबन्धु टी-इस्टेट नजिक प्रसाईंका समर्थकले जलाएको ट्रकका चालक पोदो रायको भारतमा उपचारको क्रममा असोज १९ गते मृत्यु भएको बताइएको छ । भारतस्थित नर्थ बंगाल मेडिकल कलेज एण्ड हस्पिटलमा उपचारका क्रममा चालकको मृत्यु भएको हो ।

यससँगै दुर्गा प्रसाईंका अभियन्ताहरु घट्दै गएका छन् । केही दिन अघिमात्रै जनकपुर अञ्चलका अभियान संयोजक राजिव झाले अभियानको लेटर प्याड दुरुपयोग गरी दुःखी पीडितबाट पैसा उठाएर अनुचित लाभ लिएको थाहा भएपछि उनलाई साधारण सदस्य नरहने गरी निलम्बन गरिएको थियो ।

यो पनि हेर्नुहोस्,

दुर्गा प्रसाईंका अभियान्ताले नै घुस खाएपछि …………

दुर्गा प्रसाईं, दीपक मनाङेहरुले जुनबेला पनि उपद्रो मच्चाउनसक्ने भन्दै गृह प्रशासन सतर्क

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*