बीमा प्राधिकरणको लुम्बिनी प्रदेशद्वारा दशैँको शुभकामना आदान प्रदान

२१ आश्विन २०८१, सोमबार १८:४४

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले नेपालीहरुको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना आदान–प्रदान कार्यक्रमको अध्यक्षता बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा, निप्स लुम्बिनी प्रदेशका अध्यक्ष विश्वदिपक नेपाल,निप्स लुम्बिनी च्याप्टरका अध्यक्ष किरण काफ्ले, नेपाल सर्भेयर एशोसियसनका प्रतिनिधि छबिन्द्र भट्टराई,पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय उपाध्यक्ष बिमल न्यौपाने, बीमा प्राधिकरणका कर्मचारी, जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको लुम्बिनी प्रदेशले जनाएको छ । नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले उक्त कार्यक्रमको सञ्चालन गरेका थिए ।

कार्यक्रममा बीमा क्षेत्रका सबै अतिथिहरुले एक अर्कालाई शुभकामना आदान–प्रदान गर्नुका साथै बीमा सेवालाई थप सहज र क्षतिको सही मुल्यांकन गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रमका अध्यक्ष तथा नेपाल बीमा प्राधिकरणका कार्यालय प्रमुख पूर्ण बहादुर थापाले कार्यक्रममा उपस्थित प्रदेश प्रमुखहरुलाई स्वागत गर्दै शुभकामना व्यक्त गरेका छन् । साथै बीमा कम्पनी, बीमा अभिकर्ता, सर्भेयर तथा प्राधिकरणको राम्रो सहकार्यमा बीमा क्षेत्रलाई मर्यादित गर्न सकिने, अस्वस्थ प्रतिस्पर्धालाई रोक्नु पर्ने, प्राधिकरणबाट जारी भएका सुंस्थागत शुसासन तथा नीति नियमलाई पालना गर्नु पर्ने र राम्रो काम गर्ने कम्पनीलाई प्राधिकरणले साथ र सहयोग गर्ने प्रतिवद्धता सहित कार्यक्रमको समापन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*