शेयर बजार बढेसँगै १७६ कम्पनीको मूल्य बढ्यो, कुनको कति ?

२१ आश्विन २०८१, सोमबार १५:१६

कठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर २६९० दशमलव ७२ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज कारोबार भएका १७६ वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । जसमा थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य ९.९३ प्रतिशतले बढेर ९७४ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, दोल्ती पावर कम्पनीको ९.६८ प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको ८.८० प्रतिशतसहित अन्य कम्पनीको शेयरमूल्य वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*