१२ अर्ब चुक्ता पुँजी भएको एभरेष्ट बैंकमा कसको शेयर हिस्सा कति ?

२१ आश्विन २०८१, सोमबार १४:४७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित लाभांश तथा वार्षिक प्रतिवेदन पारित गरेको छ ।

पारित प्रतिवेदन अनुसार १२ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको एभरेष्ट बैंकमा सर्वसाधारण समुहको सबैभन्दा बढी शेयर स्वामित्व रहेको छ । बैंकमा सर्वसाधारण समुहको ४० दशमलव ८३ प्रतिशतले चार करोड ८० लाख ५० हजार कित्ता शेयर रहेको छ ।

त्यस्तै, संस्थापक समुहको ३९.१४ प्रतिशतले चार करोड ६० लाख ६३ हजार कित्ता र बैदेशिक लगानीकर्ता (पञ्जाव नेशनल बैंक) को २०.०३ प्रतिशतले दुई करोड ३५ लाख ६५ हजार कित्ता शेयर रहेको छ ।

बैंकमा सञ्चालकहरुमध्ये संस्थापक समुहका किरण कृष्ण श्रेष्ठको नाममा २२ लाख १३ हजार ८३८ कित्ता शेयर रहेको छ । साथै, सर्वसाधारण समुहका सञ्चालक नबिन भक्त श्रेष्ठको नाममा दुई हजार ८१८ कित्ता, सोही समुहकी उर्मिला श्रेष्ठको नाममा दुई हजार ४२० कित्ता शेयर रहेको छ ।

पारित प्रतिवेदन अनुसार एभरेष्ट बैंकको नाममा हाल ११ करोड ७६ लाख ७९ हजार कित्ता शेयर रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*