बागमती प्रदेशमा बीमा दाबी धेरै पर्ने, सम्पत्ति इन्जिनियरिङ, ठेकेदार बीमामा ६ अर्बसम्म दाबी पर्ने अनुमान

२१ आश्विन २०८१, सोमबार १३:४९

काठमाडौं । बाढी पहिरोको कारण हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २ हजार ३३७ वटा दाबी पर्न सक्ने देखिएको छ । यो १४ वटा निर्जीवन बीमा र चार वटा लघुबीमा कम्पनीको परेको तथ्यांकको विवरण हो ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै दाबी बागमती प्रदेशबाट परेको देखिएको छ।

Source: Beema Pradikaran

बागमती प्रदेशबाटै कुल ६ अर्ब ९३ करोड रुपैयाँ बराबरको बढीको दाबी हुने अनुमान गरिएको छ।

सबैभन्दा कम दाबी कर्णाली प्रदेशबाट पर्ने अनुमान गरिएको छ । कर्णालीबाट जम्मा १ लाख रुपैयाँको मात्र दाबी पर्ने अनुमान कम्पनीहरूले गरेका छन् ।

दोस्रोमा कोशी प्रदेशमा रहेको छ। कोशी प्रदेशमा १५९ वटा १ अर्ब ६९ करोड रुपैयाँ बीमा दाबी पर्ने अनुमान गरिएको छ।

तेस्रोमा मधेश प्रदेश रहेको छ। मधेश प्रदेशमा ५६ वटा दाबी वापत ७ करोड ५९ लाख रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ।

त्यस्तै, लुम्बिनीबाट २८ वटा बीमा वापत ५ करोड ७५ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट १४ वटा दाबी वापत ४ करोड ६९ लाख रुपैयाँ र कर्णालीबाट १ वटा बीमा दाबी वापत १ लाख रुपैयाँ मात्रै दाबी पर्ने आंकलन गरेको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार सम्पत्ति बीमाको दाबी सबैभन्दा बढी हुने अनुमान गरिएको छ।

तथ्यांक अनुसार सम्पत्ति बीमामा कसल ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । बीमा कम्पनीहरुमा हाल २ अर्ब ३१ करोड रुपैयाँ बराबरको दाबीको फाइल आईसेकेको छ।

दोस्रोमा इन्जिनियरिङ तथा ठेकेदार जोखिममा १४९ वटा बीमा दाबी ७१ करोड ८९ लाख रुपैयाँ बढीको दाबी पर्ने आकंनल गरिएको छ। हाल २८ करोड ४९ लाख रुपैयाँको दाबी परिसकेको छ।

तेस्रोमा मोटर बीमा निजीतर्फ रहेको छ। जसमा २७ करोड ३० लाख रुपैयाँ बराबरको दाबी पर्ने अनुमान गरिएको छ। सार्वजनिकतर्फ १५ करोड ४५ लाख रुपैयाँ बढीको गर्ने अनुमान गरिएको छ।

Source: Beema Pradikaran

त्यस्तै, कृषि वालीमा ९६ वटा र पशुपन्छी बीमामा १९ वटा, सामुद्रिक बीमामा १८ र विविधमा ८ वटा बीमा दाबी पर्ने अनुमान गरिएको छ।

गत साता तीन देखि परेको अविरल बर्षाको कारण देशभर जनधनको क्षति भएको छ । क्षतिका कारण बीमा कम्पनीहरूमा परेको दाबीको विस्तृत विवरण छिटो भन्दा छिटो संकलन गरी सहज भुक्तानी गर्न प्राधिकरण कम्पनीहरूलाई निर्देशन दिएको छ । त्यस्तै, कम्पनीहरूलाई साप्ताहिक रुपमा प्राधिकरणमा तथ्यांक पेश गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

बीमा प्राधिकरणले बाढी पहिरोमा परेका बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधै फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*