नेरुडे मिर्मिरे लघुवित्तमा अझै मिलेन मर्जर काण्ड, अर्को समुह फेरि आन्दोलित

२१ आश्विन २०८१, सोमबार १३:१४

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरू देशव्यापी रूपमा नै आन्दोलित बनेका छन् । मर्जर पश्चात संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले आन्दोलित कर्मचारीहरुको समस्या समाधान गर्न नसक्दा उक्त समस्या उत्पन्न भएको हो ।

फागुन ३० गतेदेखि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार गरेको सात महिना नबित्दै कर्मचारीहरुले विभिन्न समयमा देशव्यापी रुपमा आन्दोलन गर्दै आएका छन्

कर्मचारीले कम्पनीको मधेशप्रदेश सहित सातै प्रदेशका अधिकांश शाखा कार्यालयमा अनिश्चितकालको लागि बन्द भन्दै विभिन्न लेखसहितका ब्यानर टाँसेर ताल्चा लगाइदिएका छन् । कम्पनीका व्यवस्थापकीय पक्षमा कार्यरत कर्मचारीहरुको कार्यक्षमता नै एकदमै तल्लो स्तरको रहेको छ ।

शाखा कार्यालयमा कार्यरत तथा कमजोर कर्मचारीहरुलाई विभिन्न बहानामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बस्यालसहितको समुहले टर्चर दिने गरेको आन्दोलित एक कर्मचारीले बीमापोष्टलाई बताए ।

साविक नेरुडे लघुवित्तका कर्मचारीहरुको आन्दोलनलाई विभिन्न कर्मचारी संगठनदेखि लिएर सामाजिक अभियान्ताहरुले पनि साथ दिएको छ । कम्पनीका माथिल्लो तहका कर्मचारीहरुले वार्ताको लागि बोेलाएर समेत समस्या समाधानमा कुनै पनि चासो नदेखाएको भन्दै यतिबेला कर्मचारीहरु आन्दोलित बनेका छन् । केहि समय अगाडि साविक मिर्मिरे लघुवित्तका कर्मचारीहरुको सहमति विपरीत कर्मचारीहरुको पद घटाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

नेपाल राष्ट्र बैंकले ल्याएको सहुलियत मर्जर नीतिको अधीनमा रही मर्ज गरिएका संस्थाहरुले बल र शक्तिको आडमा संस्थाका कर्मचारीमाथी मनपरि गर्ने गरेको घटनाहरू बाहिर आइरहेका छन् ।

कम्पनी सञ्चालक समिति र उच्च व्यवस्थापकहरुले आन्दोलित कर्मचारीहरुको समस्या समाधान गर्नुको सट्टा उल्टै प्रहरी प्रशासनको प्रयोग गरी दमन गर्दै आएका छन् । आन्दोलित कर्मचारीहरुले आफ्नो समस्याहरु समाधान नभएको खण्डमा अझै शसक्त रुपले आन्दोलन बढाउने चेतावनी दिएका छन् ।

 

मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तमा लफडा, साविक मिर्मिरेका कर्मचारीको पद घटाइयो, के भन्छन् सीईओ ?

कर्मचारी विवादका कारण नेरुडे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा तालाबन्दी, आन्दोलनले उग्ररुप लिँदै

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*