एभरेष्ट बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

२१ आश्विन २०८१, सोमबार १२:४३

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिदिन थालेको छ । आइतबार सम्पन्न साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीको खातामा जम्मा गर्न थालेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०८० ०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५.५३ प्रतिशत नगद लाभांश गरि कुल १५.५३ प्रतिशत लाभांश दिएको छ ।दशैंअघि लाभांश वितरण गर्ने २० वाणिज्य बैंक मध्ये एभरेष्ट बैंक पहिलो बनेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*