आँखुखोला जलविद्युतले कात्तिक १२ गते बोलायो साधारणसभा

२१ आश्विन २०८१, सोमबार ११:२९

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले कात्तिक १२ गते सोमबार वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले मैतिदेवीस्थित बैभव पार्टी प्यालेसमा बिहान ११ बजे सभा बोलाएको हो ।

कम्पनीले लाभांश तथा हकप्रद शेयर सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । यस कम्पनीको हाल चुक्ता पूँजी २ अर्ब रुपैयाँ रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले कात्तिक ४ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । सोका आधारमा कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*