सानिमा लिमिटेडले आईपीओ निष्काशन गर्ने

२१ आश्विन २०८१, सोमबार ०८:१७

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित कात्तिक १४ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो ।

सभाले सार्वजनिक शेयर निष्काशन (आईपीओ) गर्ने, सो बाट प्राप्त रकमको उपयोगका लागि रणनीति बनाउने र सोका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

साथै शेयरधनीका नाममा कायम शेयर बापत भुक्तानी गर्न बाँकी रकम चुक्ता गर्ने गरी ७५.७४२१ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने, वार्षिक र लेखापरीक्षक प्रतिवेदन सहित गत आवका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति गर्ने प्रस्ताव पारित हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*