डिप्रोक्स लघुवित्तमा ३० जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?

२१ आश्विन २०८१, सोमबार ०८:०४

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ कार्यक्रम सहायक पदको सहायक श्रेणीमा ३० जनाका लागि आवेदन खुलाएको हो ।

यसका लागि न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउँछन् । प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ । दरखास्त दिने अन्तिम दिनसम्म लघुवित्त सञ्चालन सम्बन्धी न्यूनतम ६ महिना कार्यानुभव भई कार्यरत रहिरहेको हुनुपर्नेछ । कम्प्यूटर सम्बन्धी दक्ष र मोटरसाईकल चालक अनुमतिपत्र भएकाले प्राथमिकता पाउनेछन् । उमेरको हदमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा ४०) हुनुपर्नेछ ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित कात्तिक ५ गतेभित्र आवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*