बुद्धभूमि नेपाल हाइड्रोपावरको ३२ लाखभन्दा बढी कित्ता शेयरको ‘लक–ईन’ आजबाट सकिँदै

२१ आश्विन २०८१, सोमबार ०७:३०

काठमाडौं । बुद्धमूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक–ईन’ अवधि आज (असोज २१) बाट सकिँदैछ ।

कम्पनीका संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दाहरूतर्फको ४ लाख कित्ता र कर्मचारीहरूतर्फको १६ हजार कित्ता शेयर तीन वर्षको ‘लक–ईन’ मा थियो ।

कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीहरू समेत सर्वसाधारणलाई २०७८ असोज २२ गते शेयर बाँडफाँड गरिएको थियो । सर्वसाधारणमा शेयर बाँडफाँड गरिएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीहरूको शेयर ‘लक–ईन’ मा राख्नुपर्ने प्रावधान छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*